२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

पोखरा, १२ माघ ।

नेपाली सेनाले पश्चिम पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गतका जिल्लामा कार्यरत सञ्चारकर्मीहरूका लागि रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।

अभिमुखीकरणमा पश्चिम पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध २० जना सञ्चारकर्मीहरूको सहभागिता छ। कार्यक्रम पश्चिम पृतना हेडर्क्वाटरमा भइरहेको छ।

कार्यक्रमको शुभारम्भ गर्दै पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापाले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्नुका साथै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे। सोही अवसरमा विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका ८ ९आठ० वटा एफएम रेडियो स्टेसनहरूलाई जनसम्पर्क तथा सूचना निर्देशकबाट प्रोत्साहन स्वरूप नगद तथा कदर पत्र प्रदान गरिएको थियो।

अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको संगठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूको बारेमा जानकारीमूलक प्रस्तुतीकरणका साथै विपद् प्रतिकार्य एवं समसामयिक विषयहरूमा अन्तरक्रिया समेत सञ्चालन गरिने नेपाली सेनाले जनाएको छ।

एजेन्सी ।

फिलीपिन्समा ३ सय ५९ यात्रु चढेको डुंगा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

दक्षिणी फिलिपिन्समा जाम्बोआंगाबाट पोर्ट शहर हुदै आइल्याण्ड जादै गरेको डुंगा मुटामान द्वीपमा अचानक पल्टिदा भएको दुर्घटनामा मृत्यु भएका १५ जनाको शव निकालिएको र अन्य २१५ जनालाई जिवितै उद्धार गरिएको कोर्ष्ट गार्डका अधिकारीहरुले जानकारी दिएका हुन् ।

हराइरहेकाका एक सय ७ यात्रुको खोजी जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । डुंगामा ३३२ यात्रु र २७ जना चालकदलका सदस्यसहित जम्मा ३ सय ५९ जना सवार रहेका थिए ।

डुगांमा प्वाल परेका कारण पानी भरिदा डुंगा अनियन्त्रित भई डुबेको हुनसक्ने प्रारम्कि अनुसन्धान गरेता पनि वास्तविक कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

फिलीपीन्स कोस्ट गार्ड, स्थानीय सरकारी अधिकारीहरु स्थानियको सहयोगमा उद्धारकार्य गरिएको थियो ।

पोखरा, १२ माघ ।

पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लब राइजिङ क्रिकेट क्लबले जित हासिल गरेका छन् । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा सोमबार पोखरा क्रिकेट क्लबले लेखनाथ क्रिकेट क्लबलाई १ विकेटले हराएको छ ।

१२५ रनको विजयी लक्ष्य पाएको पोखराले ३३ ओभरमा ९ विकेट गुमाउँदै १२६ रन बनायो । आतिफ मियाँले २१, मुस्कान थापाले २० र सुवाष भण्डारीले २० रन जोडे । लेखनाथका लागि साहिल पौडेल र सुवाष वास्तोलाले ३÷३ तथा सज्जन क्षेत्रीले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको लेखनाथ क्रिकेट क्लब ३३.४ ओभरमा १२४ रन बनाउँदै अलआउट हुन पुग्यो । लेखनाथका लागि राजकुमार छन्त्यालले ३०, सहिल पौडेलले २२ र देव यादवले १७ रन बनाए । पोखरा क्रिकेट क्लबका लागि सुर्जन गुरुङले ४, देव शाह र प्रज्वल पौडेलले २÷२ विकेट लिए ।

यस्तै अर्को खेलमा राइजिङ पोखरा क्रिकेट क्लबले लेकसाइड क्रिकेट क्लबलाई ६७ रनले हराएको छ । लेखनाथस्थित इडन हेवन क्रिकेट मैदानमा भएको खेलमा ११२ रनको विजयी लक्ष्य पाएको लेकसाइडलाई १६.१ ओभरमा अलआउट गराउँदै राइजिङले जित हासिल गरेको हो । लेकसाइड ४४ रनमै अलआउट भए ।

लेकसाइडका लागि मोहम्मद रिजाले १८ र सुमित रौनियारले ९ रन बनाए । राइजिङका लागि अन्जन केसीले सर्वाधिक ६ विकेट लिए । कृष्ण पौडेल र समिर भुजेलले समान १÷१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राइजिङले २२ ओभरमा १११ रन बनाउँदै अलआउट हुन पुग्यो । राइजिङका लागि अनिल गुरुङले ३१, कृष्ण पौडेलले २९ र रोनक झाले २० रन जोडे । लेकसाइडका लागि विकास पाठक र सन्देश शाहीले समान ३÷३ तथा निरज ढकालले २ विकेट लिए ।

 

पोखरा, १२ माघ ।

पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) को आयोजनामा पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना भएको तालिम तीन दिनसम्म चल्नेछ ।

तालिमको पहिलो दिन डा.आरती रेग्मीले व्यक्तित्व विकास सम्बन्धमा सहजीकरण गरिन् । उनले शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धमा आफ्नो प्रस्तुति राखेकी थिइन् । तालिम संयोजक मीना बरालका अनुसार दोस्रो दिन मंगलबार व्यवसाय प्रवद्र्धन र ‘ब्रान्डिङ’ सम्बन्धमा समिर बराल र डिजिटल मार्केटिङ सम्बन्धमा विजय कुमालले तालिम दिनेछन् । अन्तिम दिन बुधबार साइबर अपराध र अनलाइन ठगी सचेतना सम्बन्धमा कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले सहजीकरण गर्नेछन् ।

तालिको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ निर्देशक मणिराज लामिछानेले तालिममा गरिने लगानीले व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुपर्ने बताए । उनले पर्यटन व्यवसायी महिलाको सवलीकरणका लागि आवश्यकताका आधारमा अन्य शीर्षकमा पनि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डीएसपी नवराज भट्टराईले साइबर अपराध बढिरहेको अवस्थामा यसबाट बच्न अपनाउनुपर्ने उपायकाबारेमा तालिमले स्पष्ट पार्ने अपेक्षा व्यक्त गरे । पोखरा पर्यटन परिषद्का सचिव नारायणप्रसाद सुवेदीले तालिमबाट लाभ लिएर व्यावसायिक जीवनमा उतार्न सहभागीलाई आग्रह गरे । टेवान संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले शारीरिक र मानसिक रुपमा स्वस्थ हुँदा मात्रै व्यवसायमा पनि सफल हुन सकिने भएकोले यस्ता तालिम फलदायी हुने बताइन् ।

टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले तालिमबाट अपेक्षित उपलब्धी हासिल गर्ने बताइन् । ‘क्षमता अभिवृद्धिमा पर्यटन बोर्डले सहयोग गरेको छ अब पर्यटन प्रवद्र्धनमा पनि व्यवसायी महिलाका लागि बजेट छुट्याउन आवश्यक छ,’ उनले भनिन् । संस्थाकी महासचिव शोभा अधिकारी पौडेलद्वारा सञ्चालित कार्यक्रममा संयोजक मीना बरालले तालिमको उद्देश्यबारे बताएकी थिइन् ।

 

 
पोखरा, १२ माघ । 
 
पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित चण्डी माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव एक समारोहका बीच आज सम्पन्न भएको छ । वार्षिकोत्सवको पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्नुुभयो ।
 
कार्यक्रममा वडा अध्यक्ष अधिकारीले शैक्षिक गुणस्तरीयतालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । शिक्षा क्षेत्रमा देखिने गरेका विभिन्न समस्याको समाधानका लागि संघीय सरकारको राम्रो शिक्षा नीति आउनुु अपरिहार्य भएको उहाँको भनाइ छ ।
 
विद्यालयका पूर्व विद्यार्थी एवम् राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेलले विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नयनमा विशिष्ट भूमिका निर्वाह गरेको बताउनुभयो ।
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले शैक्षिक गुणस्तरीयतासँगै पूर्वाधार विकास लगायतका कुराहरूलाई सँगसँगै बढाइएको बताउनुुभयो ।
 
विद्यालय स्थापनाको यतिका वर्ष पुगिसक्दा पनि विद्यालयको आफ्नो जग्गा धनी पूर्जा प्राप्त हुन नसकेको अवस्थामा निरन्तरको मिहिनेत पछि तीन रोपनी भन्दा बढी क्षेत्रफलको जग्गा विद्यालयको नाममा प्राप्त भएको उहाँले जानकारी दिनुुभयो ।
 
विद्यालयका प्रधानाध्यापक सन्तोषराज लामिछानेले विद्यालययको समग्र आर्थिक एवम् शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुुभएको थियो ।
 
विद्यालयका निवर्तमान प्रधानाध्यापक खिमबहादुर महतले विद्यार्थीले शैक्षिक प्रगतिमा ल्याउने चार जिपिए उनीहरूको आनीबानी र व्यहारमा पनि आउनुुपर्ने बताउनुुभयो ।
 
कार्यक्रममा सरस्वती टीका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लालुुप्रसाद पराजुली, शिशुुकल्याण मा.वि.का प्रधानाध्यापक सुदनराज पौडेल, शिक्षासेवी रामचन्द्र पौडेल, नगर शिक्षा समितिका सदस्य ऋषिराज आचार्य, पूर्व शिक्षक देवराज कार्की लगायतले बोल्नुुभएको थियो ।
 
उक्त अवसरमा विद्यालयका निवर्तमान प्रधानाध्यापक खिमबहादुर महतले यस अघि राख्नुुभएको ११ हजार १११ रुपैयाँ अक्षयकोषमा ९० हजार रुपैयाँ थप गर्नुुभयो । उक्त अवसरमा वडा सदस्य लिलादेवी नेपाली, पाण्डेवारी निवासी रामचन्द्र पौडेल, चवादी निवासी तिलकुमारी लामिछाने, बाबुराम थापा लगायतले अक्षयाकोष स्वरुप सहयोग गर्नुुभएको थियो ।
 
कार्यक्रमका अवसरमा विद्यालयको जग्गाधनी पूर्जा ल्याउनका लागि सहयोग गर्ने मालपोत कार्यालय, लेखनाथका कार्यालय प्रमुख, अक्षयकोषदाता लगायत विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतको सभापत्विमा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक कमलप्रसाद पौडेलले गर्नुुभएको थियो । 
 
उक्त अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीका तर्फबाट विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

पोखरा, १२ माघ ।

साविक लेखनाथ नगर क्षेत्र भित्र रहेका होटल ब्यवसायिहरुको साझा सस्था होटल तथा रेष्ट्ररेष्ट एशोसिएसन लेखनाथको १८औं बार्षिक साधारण तथा सातौं अबिधेशनले सुरेस लामिछानेलाई अध्यक्षमा चयन गरेको छ ।

सस्थाको सोमबार भएको अधिवेशनले वर्तमान महासचिव लामिछानेलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो । आगामी कार्यकालका रुपमा चयन भएको समितीको उपाध्यक्षमा विष्णुहरि सुवेदी,महासचिवमा शक्तिश्री कोईराला,कोषाध्यक्षमा मुक्ति सुवेदी र सचिवमा रोजेन्द्र सुवेदी रहेका छन् भने समितिको सदस्यमा प्रकाश सापकोटा,निर्मला थकाली,अमृत लामिछाने,रबिभक्त थापा,अनिल ढकाल र ओम श्रीस मगर रहेका छन् ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरामा आउने पर्यटनको वसाई लम्वाउनका लागि यस क्षेत्रमा रहेका अन्य पर्यटकीय क्षेत्रको बिकास गराउनु अनिवार्य भएकाले बेगनासताललाई नयाँ पोखराको रुपमा विकास गराउदै यस क्षेत्रमा पर्यटकीय गतिविधी वढाउनु पर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा पोखरा महानगरपालिका वडा नम्वर ३१ का वडाअध्यक्ष ढकनाथ कडेल,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका अधिकारी,पोखरा पर्यटन परिषदका उपाध्यक्ष हरी भुजेल,पोखरा महानगरपालिका ब्यवसायिक प्रर्वद्धन केन्द्रका प्रमुख नवराज अधिकारी,पोखरा भ्रमण वर्षका सह संयोजक दामोदर भक्त थापा लगाएतले पोखरा र बेगनास आस पासमा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रवद्धन गर्न सक्ने हो भने पोखरामा आएका पर्यटकको वसाई लम्वाउन सकिने विश्वास ब्यक्त गरेका थिए ।

होटल तथा रेष्ट्ररेष्ट एशोसिएसन लेखनाथका अध्यक्ष विरभद्र कडेलको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष शक्तिश्री कोईरालाले आर्थींक प्रतिवेदन र महासचिव सेरस लामिछानेले प्रगति प्रतिवेदन र भावी कार्यक्रमका वारेमा आ आफनो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

लेखनाथ क्षेत्र भित्र रहेका करिव सय भन्दा वढि होटल ब्यवसायिहरु सदस्य रहेको सस्थाको साधारण सभाको निर्वाचन मंणलको संयोजकमा दामोदरभक्त थापा र सदस्यहरुमा पुर्व अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेना र अर्जुन लम्साल रहेका थिए । सोही अवसरमा बेगनासतालको किनारा माझिकुनालाई आन्तरिक तथा बाहिय पर्यटन प्रवद्धनमा योगदान पु¥याउने हुने सुर्य लामिछानेलाई सन्मान गरिएको थियो ।

काठमाडौं, १२ माघ ।

माघ ११ गते आइतबार १८ पदका लागि भएको निर्वाचनपछि राष्ट्रिय सभामा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बन्न पुगेको छ । 

निर्वाचनपछि नेपाली कम्युनिस्ट पार्टी दोस्रोमा झरेको छ । १८ पद मध्ये आइतबारको निर्वाचनमा कांग्रेसका तर्फबाट ९ जना सदस्य निर्वाचितहुदा राष्ट्रिय सभामा कांग्रेसको सिट बढेर २५ पुगेको छ ।

अब राष्ट्रिय सभामा २५ सांसदसहित कांग्रेसले पहिलो ठुलो दलको हैसियत बनाएको हो । यसअघि राष्ट्रिय सभामा कांग्रेसका १६ सांसद थिए । योसँगै राष्ट्रिय सभामा शक्ति सन्तुलन फेरिएकाे छ । 

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबिच चुनावी तालमेल भएको थियो । सोही तालमेल अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट प्राप्त गरेका हुन् ।

निर्वाचनपछि तत्कालीन माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा ठुलो दलबाट झरेर दोस्रो ठुलो दलमा खुम्चेको छ । 

राष्ट्रिय सभामा १८ सिटसहित दोस्रो ठुलो दलको हैसियत नेपाली कम्युनिस्ट पार्टीले र नेकपा एमाले पूर्ववत ११ सिटसहित तेस्रो स्थानमै सीमित भएको छ । यसअघि पनि ११ सांसद रहेको एमाले ८ सांसद बाहिरिने र आइतबारको निर्वाचनमा ८ जना नै थपिएपछि राष्ट्रिय सभामा एमालेका सांसद ११ कायमै भएका हुन् ।

त्यसबाहेक जसपा नेपालका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद राष्ट्रिय सभामा कायम भएका छन् । यद्यपि निर्वाचनपछि राष्ट्रिय सभामा बदलिएको समीकरण र फेरिएको हैसियतले आगामी फागुन २० पछि मात्र औपचारिकता पाउनेछ ।

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने प्रावधान छ ।

पोखरा, १२ माघ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा चालु आर्थिक वर्षको हालसम्म साइबर अपराधका २ सय १३ वटा उजुुरी परेका छन् भने तीमध्ये पीडित महिलाको संख्या १ सय २० रहेको छ । यता,अनलाइनमार्फत् विभिन्न प्रकृतिका ठगीका ६ सय ७ वटा उजुरी परेका छन् । त्यसमा १९ करोड १९ लाख ५० हजार रुपैयाँभन्दा बढी ठगीको दाबी गरिएको छ ।

प्रहरीले यस्ता उजुरीहरुलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारवाही गर्छ । जसमा कसूर प्रमाणित हुँदा ३ लाखसम्म जरिवाना र ५ वर्षसम्म कैदको व्यवस्था छ । ओटीपी मागेर ठूलै रकम ठगी गर्नेहरुलाई चाहिँ प्रहरीले ठगी मुद्दामै कारवाही अगाडि बढाउँदै आएको छ । तर, सामाजिक सञ्जालबाट हुने ठगीको अनुसन्धान गर्न प्रहरीलाई सजिलो छैन । नेपालमा टिकटकमात्र हाल दर्तामा रहेको छ । फेसबुकदेखि टेलिग्राम,एक्स,डिस्कर्ड र अन्य खेलसम्बन्धी एप्सहरु पनि दर्तामा छैनन् । त्यहाँबाट हुने ठगी,यौन उत्पीडन, बालबालिकालाई कुलतमा लगाउने प्रवृत्ति बढ्दो छ । नक्कली फेसबुक र एक्स आइडीबाट हुने धन्दा डरलाग्दो छ । चिठ्ठा परेको, अनलाइन सपिङ गराउने,विदेशबाट पठाएको पार्सल भन्सारमा रोकियो भन्नेजस्ता बहाना बनाएर ठगी गर्ने गिरोहको चंगुलमा मै हुँ भन्नेहरु पनि फसेका छन् ।

‘भन्न त नमिल्ला तर यहाँ नपढेकाभन्दा पढेका मान्छे बढी फसिएका छन्,’सोमबार पोखरामा आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले भने,‘फसिनुको एउटै कारण भनेको लोभ हो । कतिसम्म भने आफूले नाफाको काम गर्न लागेको कुरा छिमेकीलाई पनि भनिँदैन । किनकि, मान्छेलाई छिमेकी धनी हुन्छ कि भन्ने डर छ । छिमेकीलाई भने त उसले राम्रै सुझाव दिन्थ्यो होला नि ।’उनका अनुसार यसरी पैसा गुमाउनेमा क्याम्पसका प्राध्यापकदेखि कर्मचारीसम्म रहेका छन् । व्यापारीहरु पनि ठगिएका उजुरी आउने गरेको उनले सुनाए ।

उनी पोखरा उद्योग वाणिज्य संघ तथा पोखरा जेसिजले आयोजना गरेको अनलाइन स्क्याम तथा विभिन्न ठगीका प्रवृत्ति र त्यसबाट जोगिन अपनाउनुपर्ने सचेतनाबारे बोल्दै थिए । एसपी कार्कीका अनुसार व्यक्तिका गोप्य फोटो र भिडियो सार्वजनिक गरिदिन्छु भन्दै धम्क्याउने र पटक–पटक पैसा असुल्ने प्रवृत्ति पनि उत्तिकै बढ्दो छ । त्यस्ता अपराध भने प्रहरीकहाँ कम आउने उनले बताए ।

‘सकेसम्म मागेजति पैसा दिनुहुन्छ । अन्तिममा ठूलै रकम दिनुपर्ने भयो भनेमात्र हामीकहाँ उजुरी लिएर आउनुहुन्छ । यस्तोमा देशका मै हुँ भन्ने मान्छेहरु फसेका छन्,’उनले भने,‘ नेपालको जनसंख्या करिब ३ करोड छ । तर, यहाँ नेपाल टेलिकम र एनसेलको सिम लिनेको संख्या ३ करोड ११ लाख ३३ हजार रहेको छ । अर्थात्, एकभन्दा बढी मोवाइल हुनेको संख्या बढी छ । र,मोवाइलबाटै सबै ठगी धन्दा भइरहेको छ ।’

अनलाइनबाट डर देखाउनु वा धम्क्याउने‘साइबर बुलिङ’,कसैको चरित्र हत्या गरिदिने,अपहरण गर्ने, मानव बेचविखन गर्ने,गलत सूचना फैलाउने प्रवृत्ति कम गर्न प्रहरीलाई नै हम्महम्मे परेको एसपी कार्कीको भनाइ छ । सो कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष गोकर्ण कार्कीले अनलाइन ठगीबाट जोगिन प्रहरी–समुदाय हातेमालो र सचेतनामूलक कार्यक्रम आवश्यक रहेकोमा जोड दिए ।

पोखरा जेसिजका अध्यक्ष सुमन पहारीले लोभमा नफस्न र अनलाइन ठगीबाट जोखिन आफ्ना सूचनाहरु जोगाउन आग्रह गरे । कार्यक्रम संयोजक निश्चल खरेलले अहिलेको जमानामा प्रहरीले सडकमा गस्ती गरेर नभएर कम्प्यूटरमा बसेर नागरिकको सुरक्षा गर्नुपर्ने अवस्था आएको बताउँदै साइबर अपराधबाट जोगिन आफै सचेत बन्नुपर्ने बताए । पोखरा जेसिजका महासचिव संजय पौडेलले साइबर आक्रणमबाट पीडितहरुलाई घटना नलुकाउन र तत्काल प्रहरीमा जानकारी दिन आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रका २९ जना कर्मचारीहरूका लागि साइबर क्राइम तथा मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिइएको छ । भायनेटको आयोजनामा जिल्ला प्रहरी कार्यालय कास्कीले सो तालिममा सहजीकरण गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ सई होतबहादुर रोकाहाले साइबर अपराधका प्रकार, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, डाटा सुरक्षा तथा कानुनी पक्षहरूबारे विस्तृत जानकारी प्रदान गरेका थिए । मानसिक स्वास्थ्यसम्बन्धी सेसनमा चाहिँ भायनेटका प्रदेश प्रमुख डिकेन्द्र थापा मुख्य वक्ता थिए ।

पोखरा, १२ माघ ।

कास्कीको लेखनाथमा माघ ९ देखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलवारदेखि सेमीफाइनलका खेल हुने  भएका छन् । सोमवारक्वाटर फाइनलको अन्तिम खेलबाट जिल्ला खेलकुद विकास समिति म्याग्दीको टिम अघिल्लो चरण सेमीफाइनलमा प्रवेश गरेको छ । म्याग्दीले सशस्त्र प्रहरी बल ए पी एफ पोखरालाई १–० गोल अन्तरले पछाडि पार्दै सेमीफाइनलमा प्रवेश गरेको हो ।

 जिल्ला खेलकुद विकास समिति म्याग्दीका जर्सी नं ९ का खेलाडी सनम विकले खेलको ८२ औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। सोमवारको म्यान अफ द म्याच बन्न सफल विकलाई कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष नरप्रसाद गुरुङ्गको हातबाट पाँच हजार पुरस्कार प्रदान गरिएको थियो ।  ८ टिमको सहभागीता रहेको यस  प्रतियोगितामा मंगलवार १ बजे तनहु जिल्ला फुटबल विकास समिति र नेपाल प्रहरी गण्डकी प्रदेशको टीम विच खेल हुने वताइएको छ । 

२६ औं आदर्श कप फुटबल प्रतियोगितामा प्रथम हुने टोलीले रु. ४ लाख ९९ हजार ९सय ९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले रु. ३ लाख ३३ हजार ३सय ३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

छैटौं टाइगर कप च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

 

पोखरा, १२ माघ ।

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले आर्मीमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो ।

निकै प्रतिष्पर्धात्मक भएको पहिलो र तेस्रो सेट गण्डकीले समान ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा आर्मी हाबी हुँदै २५–१५ को जित निकाल्यो । चौथो सेटमा गण्डकीले २५–१९ ले जित निकाल्दै खेलमा आफ्नो पक्षमा पा¥यो ।

च्याम्पियनसिपमा गण्डकीले दोस्रो जित दर्ता गराएको छ । पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पराजित भएको गण्डकीले दोस्रो खेलमा माल्दिभ्स भलिबल एसोसियसनलाई पराजित गरेको थियो । आर्मीले भने लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई हराएको आर्मी दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

यसअघि आजै भएका खेलमा महिला र पुरुष दुवैतर्फ एपीएफले जित निकाल्यो । पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । महिलातर्फ एपीएफले त्रिभुवन आर्मी क्लबलार्य पराजित गरेको थियो । आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता ग¥यो ।

च्याम्पियनसिपअन्तर्गत भोलि मंगलबार ४ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ आर्मी र थाइल्याण्ड क्विन्सबिच बिहान साढे ८ बजेबाट सुरु हुनेछ । दोस्रो खेल महिलातर्फ नै न्यू डायमण्ड स्पोट्र्स क्लब र पुलिसबिच हुनेछ । त्यसपछि पुरुषतर्फका २ खेल हुनेछ । पुरुषतर्फको पहिलो खेलमा पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स भिड्नेछन् । पुरुषतर्फको दोस्रो खेल गण्डकी र पुलिसबिच हुने तालिका छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।