
पोखरा, २४ माघ ।
जानकी माध्यमिक विद्यालय पोखरा १७ महतगौडाको परिसरमा उत्सवको चहलपहल थियो । साना नानीबाबुदेखि सेतो कपाल फुलेका अभिभावकसम्म एउटै आँगनमा जम्मा भएका थिए ।
उनीहरु सबैका आँखामा एउटा साझा भावदेखिन्थ्यो, विद्यालयप्रतिको गर्व र मायासंगै गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक प्रयासको खाँचो छ ।
विद्यालयको ४८ औं बार्षिकोत्सवको अवसरमा विद्यालयको आँगन ध्वजापतकाले रंगीन बनेको थियो । शिक्षकले हात समातेर अक्षर चिनाएका विद्यार्थी आज मञ्चमा गीत, नृत्य र मन्तव्य प्रस्तुत गर्दै थिए उनीहरुको हाँसो र तालीको गुञ्जनले विद्यालयका संस्थापक, आमन्त्रित अतिथिसम्मलाई नयाँ जीवन दिएको अनुभूति भए जस्तो महसुस भएको थियो ।
विद्यालयका प्रमुख अक्षयकोषदाता एवम् पोखरा महानगरपालिका वडा नं. १७ का जनप्रतिनिधि शिवराम भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै शिक्षा केवल पाठ्यपुस्तकमा मात्र सिमीत नभई जीवन बदल्ने शक्ति भएको उल्लेख गर्नुभयो । उहाँले सामुदायिक विद्यालयसंग चौतर्फी विकासमा वडास्तरबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयको विकासमा सहयोग गर्नेु हुने पोखरा १७ निवासी लिलकाजी गुरुङ, व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नगेन्द्र गुरुङ, विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेल, लेखापाल अमित वानिया, ढुङ्केसाँघु सितापाईला आमा समुह, इक्रा पाउण्डेशन लगायतका विभिन्न संघसस्था तथा व्यक्तित्वहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
सो अवसरमा स्थानीय जागरण आमा समुहले गत तिहारमा भैलो खेलेर संकलन गरेको ५१ हजार रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको थियो । समुहले उक्त रकम बरावरको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलालाई हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा पार्दी मावि व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण श्रेष्ठले सामुदायिक विद्यालय सञ्चालनमा आर्थिक अभाव महत्वपूर्ण चुनौतीका रुपमा रहेको बताउनुभयो, गुणस्तरीय शिक्षाका लागि सम्वन्धित निकायले आवश्यक सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।
अक्षयकोषदाता एवम् सामाजिक व्यक्तित्व विरेन्द्रनारायण विजुकुच्छेले समाजका विपन्न र असहाय परिवारका विद्यार्थीको अध्ययनको थलो बनेको सामुदायिक विद्यालयले भौतिक संरचनालाई भन्दा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले सामुदायिक विद्यालय केवल पठनपाठन गर्ने मात्र नभई समाजको भविष्य निर्माण गर्ने आधारशिला भएको बताउँदै शिक्षा सचेत, सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्ने आधार भएको बताउनुभयो ।
विद्यालयको सुदृढ व्यवस्थापन समिति कुनै औपचारिक संरचना मात्र होईन, यो शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास, शिक्षक वर्गको मनोलव अभिवृद्धि तथा विद्यार्थीको सार्वाङ्कीण विकासको मार्गदर्शक निकाय भएको स्पष्ट पार्नुभयो ।
पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा जानकी माध्यमिक विद्यालयको खेलमैदानमा रहेको पक्कि भवनमा यसै आर्थिक बर्षदेखि अटिजम कक्षा सञ्चालन गरिएको जानकारी दिंदै उहाँले भन्नुभयो, सम्भवत गण्डकी प्रदेशको सरकारी स्तरबाट खोलीएको सो पहिलो कक्षा भएको उल्लेख गर्दे अटिजम कक्षामा हाल ४० जना विद्यार्थी भर्ना भएका छन् ।
कार्यक्रममा कक्षागत र अतिरिक्त कृयाकलापमा प्रथम,द्धितीय र तृतीय हुने छात्रछात्रालाई पुरस्कार तथा मेडल वितरण गरिएको थियो । सो अवसरमा अटिजमका विद्यार्थी तथा अभिभावकलाई समेत पुरस्कृत गरियो ।
विद्यार्थीद्धारा विविध सांस्कृतिक प्रस्तुत गर्नुका साथै सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको सो कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमवावु भण्डारीले स्वागत र शिक्षक तुलसी गिरीले सञ्चालन गर्नुभएको थियो ।
पोखरा, २४ माघ ।
जनज्योति माध्यमिक विद्यालय पोखरा २८ कालिकाकोे पुर्व विद्यार्थी तथा शिक्षकहरुको पहिलो पटक औपचारिक रुपमा बृहत् भेला, पुनर्मिलन तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
जनज्योति मावि भूपू विद्यार्थी मञ्चका संयोजक कीर्तिबल्लभ त्रिपाठीको अध्यक्षतामा पोखरा–२६ स्थित नमस्ते पार्टी प्यालेसमा आयोजना गरीएको सो कार्यक्रममा ठुलो संख्यामा भूपु विद्यार्थी शिक्षकहरु सहभागि भएका थिए । वि।स। २०१६ सालमा स्थापना भएको विद्यालयले २०२६ सालदेखि एसएलसी परीक्षामा समावेश हुँदै आएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी विश्व विद्यालयका कुलपति प्रा।डा।ईन्द्र प्रसाद तिवारीले आफु यस विद्यालयको विद्यार्थी हौँ भन्दा गर्व लाग्ने गरेको बताउदै अबको शिक्षा प्राबिधिक शिक्षामा केन्द्रित हुनुपर्ने बताउदै विद्यालयको भौतिक, सामाजिक र शैक्षिक बिकासमा सबैको योगदान अपरिहार्य रहेको बताए ।
कार्यक्रमा विद्यालयका भुपु विद्यार्थी तथा सितलादेवी मावि पोखरा १२ प्रधानाध्यापक बाबुराम अधिकारीले विद्यालयकोे विगत र वर्तमान अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा मञ्चका सल्लाहकार हरि प्रसाद त्रिपाठी संस्थापक विदार्थी रामभक्त भण्डारी भुपु विद्यार्थी ऋषिराम त्रिपाठी,शुक्रराज अधिकारी लगाएतले बोलेका थिए । कार्यक्रममा जनज्योति माविमा २०१६ मा सम्मेलित पुर्व विद्यार्थीहरु तथा कार्यक्रमलाई सयोग गर्ने विभिन्न व्यक्तीत्वहरुलाई सम्मान गरिएको थियो ।
जनज्योति मावि भूपू विद्यार्थी मञ्चका संयोजक कीर्तिबल्लभ त्रिपाठीको अध्यक्षतामा भएको भूपू विद्यार्थीहरूको बृहत् भेला, पुनर्मिलन तथा बनभोज कार्यक्रमको सन्चालन सचिव गुरु प्रसाद त्रिपाठीले गरेका थिए भने धन्यवाद ज्ञापन मञ्चका सह सयोजक श्याम प्रसाद तिमल्सेना गरेका थिए ।
भूपू विद्यार्थी मञ्चका संयोजक कीर्तिबल्लभ त्रिपाठी सयोजक रहेको समितिको विशेष सक्रियतामा लामो कसरतपछि भएको भूपू विद्यार्थीहरूको बृहत् भेला, पुनर्मिलन तथा बनभोज कार्यक्रममा ठुलो संख्यामा भूपु विद्यार्थी शिक्षकहरु सहभागि भएका थिए ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, आपसी परिचय, स्मरणीय क्षणको साझा र आगामी योजनाबारे समेत छलफल भएको थियो । आगामी दिनमा भूपू विद्यार्थीहरूबीच नियमित सम्पर्क, सहयोग र सहकार्य कायम गर्दै विद्यालयको शैक्षिक, भौतिक तथा सामाजिक विकासमा थप टेवा पु¥याउने दीर्घकालीन उद्देश्य समेत मञ्चले अघि सारेको छ ।
माछापुच्छ्रे हिमालको सम्मुखमा अवस्थित जनज्योति माध्यमिक विद्यालय प्राकृतिक सौन्दर्यसँगै शैक्षिक गरिमाका कारण कास्की जिल्लाकै विशिष्ट विद्यालयका रूपमा चिनिन्छ । ग्रामीण परिवेशमा स्थापना भएर पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याएको स्थानीयको भनाइ छ । अनुशासन, मेहनत र सामाजिक मूल्यमा आधारित शिक्षाले यहाँका विद्यार्थीलाई सक्षम नागरिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
पोखरा, २४ माघ ।
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज ९शनिबार० ८ खेल सकिएका छन् । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा पहिलो चरणका ८ खेल सकिएको क्लबका अध्यक्ष सन्तोष गुरुङले बताए । उनका अनुसार शनिबार भएको पहिलो खेलमा एन्जो ग्रुपले टुंडिखेललाई २–० गोल अन्तरले पराजित गर्यो ।
यस्तै दोस्रो खेलमा राइजिङ नेपाललाई रामघाटले ठमेल २–१ गोल अन्तरले हरायो । रामघाटको जीतमा सुदिन गुरुङले २ गोल गरे भने, राइजिङ नेपालका लागि सन्तोष मगरले सान्त्वना १ गोल फर्काए । यस्तै तेस्रो खेल लिभिक एफसीको अनुपस्थितीमा वाकओभरमार्फत तालपारी विजयी बन्यो ।
बेस्ट ब्वाइज क्लब र भिमकाली क्लबबीच भएको चौथों खेल गोलरहित भएपछि पेनाल्टीमा बेस्ट ब्वाइज क्लबले ४–३ गोल अन्तरले जीत निकाल्यो । पाँचौ खेलमा स्याङ्जा युथ क्लबले फूलबारी क्लबलाई २–० को गोल अन्तरले पराजित गर्यो । स्याङ्जाको जीतमा समिर पुरीले २ गोल गरे ।
छैटौं खेलमा एसटिबिएस एफसीलाई लभ्ली ब्वाइजले ४–२ गोल अन्तरले पराजित गर्यो । लभ्ली ब्याइजको जीतमा स्वचन थापा, सविन थापा, अन्जन थापा र रोहित नेपालीले समान १र१ गोल गरे । भने, एसटिबिएसका लागि विवेक गुरुङले २ गोल गरे ।
यस्तै आयोजक बिटी टिम बि र कल्याण बेसी लमजुङबीच भएको सातौ खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा आयोजकले ३–२ गोल अनतरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक निकेश गुरुङले जानकारी दिए । उनका अनुसार शनिबारको अन्तिम खेलमा फायर पिज्जाले भाइब्रेन्टलाई ४–१ को फराकिलो गोल अन्तरले हरायो ।
फायर पिज्जाको जीतमा मनिस ठकुरीले ह्याट्रिक र सुवास गुरुङले १ गोल गरे । भने, भाइब्रेन्टका लागि खगेन्द्र पुनले समान्त्वना १ गोल गरे । आइतबार पनि बिहान ८ बजेबाटै पहिलो चरणकै खेल हुने क्लबका सल्लाहकार विनिता गुरुङले जानकारी दिइन् । उनका अनुसार आइतबार पहिलो खेल सम्झना क्लब नयाँगल्ली र दीप युनाइटेडबीच हुनेछ ।
प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने क्लबका सचिव रेशम सापकोटाले बताए । सापकोटाका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८र८ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा, २४ माघ ।
प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा मावि र मदरल्याण्ड सेकेण्डरी भिड्ने भएका छन् । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतिोगिता अन्तर्गत शनिबार भएको सेमीफाइनल खेलमा आयोजक प्रतिभा माविले बाल मन्दिर मावि र मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन माविलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । प्रतियोगिताको उपाधि भिडन्त आईतबार पूर्वाह्न १० बजे हुने आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो सेमीफाइनल खेलमा मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन माविलाई २ विकेटले पराजित गर्दै फाईनल यात्रा सुरक्षित गर्यो । टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गरेको छोरेपाटन माविले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतीमा ९५ रनको योगफल तयार गर्यो । छोरेपाटन माविका लागि सोहन आचार्यले ३२ बलमा ३१ रन, उज्वल पौडेलले ३८ बलमा २१ र अनिष थापाले १२ बलमा १३ रनको योगदान दिए । छोरेपाटनलाई दवाबमा राख्न मदरल्याण्डका सद्रीस पौडेलले ३ ओभरमा १३ रन खर्चेर ३ विकेट, भुवनबहादुर भण्डारीले ४ ओभरमा १४ रन खर्चेर २ विकेट तथा गौरव भण्डारीले ३ ओभरमा २२ रन खर्चेर १ विकेट लिए ।
९६ रनको मध्यम लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको मदरल्याण्डले १९.२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै फाइनल यात्रा सुनिश्चित गर्यो । मदरल्याण्डका लागि विलोभ मल्लले २६ बलमा १६ रन, भुवनबहादुर भण्डारीले १४ बलमा १४ रन र अनुराज भण्डारीले १६ बलमा ११ रनको योगदान दिए । छोरेपाटनका किस्मत पौडेलले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट, समर्पण लामिछानेले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ विकेट तथा अनिष थापाले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए पनि जितका लागि पर्याप्त भएन ।
खेलमा बिजयी विद्यालय मदरल्याण्डका सद्रीष पौडेल प्लेयर अफ द म्याच घोषित भए ।
शनिबार नै भएको दोस्रो सेमीफाइनल खेलमा आयोजक प्रतिभा माविले बाल मन्दिर माविलाई ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गर्यो । बाल मन्दिरले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि पहिले व्याटिङ गरेको प्रतिभाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५९ रनको विशाल योगफल तयार गर्यो । विशाल योगफल तयार गर्न प्रतिभाका खेलाडीहरु सफल श्रेष्ठले ४५ बलमा ५७ रनको अर्धसतकीय पारी खेले । त्यस्तै, मिसन विकले २३ बलमा २५ रन, सौगात लामिछानेले ४ बलमा १५ रनको योगदान दिए । प्रतिभालाई दवाबमा राख्ने क्रममा बाल मन्दिरका राम ढुंगानाले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर २ विकेट, ४ ओभर नै बलिङ गरेका सुमन अधिकारीले १ मेडनसहित ३२ रन खर्चेर २ विकेट र अभिषेक क्षेत्रीले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर १ विकेट लिए ।
१६० रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको बाल मन्दिर मावि २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर केवल ८८ रनमा समेटिएपछि सेमीफाइनलबाटै प्रतियोगिताबाट बाहिरियो । बाल मन्दिरका लागि सुरज अधिकारीले २२ बलमा २० रन, सुमन अधिकारीले २८ बलमा १७ रन र श्रीनिवास कठायतले ३० बल सामना गर्दै १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रतिभा माविका बलरहरु सफल श्रेष्ठले ३ ओभर बलिङ गर्दै १६ रन खर्चेर ५ विकेट, पुरन गुरुङले १ ओभर बलिङ गर्दै ४ रन खर्चेर २ विकेट तथा निश्चल दाहालले ४ ओभर बलिङ गर्दै १२ रन खर्चेर २ विकेट लिदै बाल मन्दिरको व्याटिङ अर्डर ध्वस्त पारेका थिए ।
खेलमा प्रतिभा माविका लागि ५७ रन बनाउनुका साथै ५ विकेट लिएका सफल श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भए ।
पोखरा, २४ माघ ।
पोखरा महानगरपालिका १२ माटेपानीमा रहेको हिल प्वाईन्ट माध्यमिक विद्यालयमा अभिभावक संघ गठन भएको छ । रेनु गुरुङ थापाको अध्यक्षतामा गठन भएको अभिभावक संघको सदस्यहरुमा शेषकान्त सापकोटा,मनोहरि पौडेल,भोज वहादुर कार्की,अप्सरा गुरुङ, प्रकाश वास्तोला र पुस्कर थापा मगर रहेका छन् ।
कार्यक्रममा वोल्दै हिल प्वाईन्ट माध्यमिक विद्यालयका प्राचार्य दिवाकर जैसीले विद्यालयले विगत केहि वर्ष देखि उत्कृष्ट नतिजा निकाली रहेको वताउदै विद्यालयले व्यवहारीक शिक्षामा जोड दिएको वताए । प्राचार्य जैसीले विद्यालयले पढाई सगसगै विद्यार्थीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरुमा पनि सहभागी गराउदै आएको वताए । पोखरा १२ मा रहेको यस विद्यालयले आगामी दिनमा सम्पुर्ण अभिभावकहरुको साथ लिदै शिक्षाको गुणस्तरमा वृद्धि गर्ने र विद्यालयको सुधार र व्यावस्थापनमा ध्यान दिने समेत प्राचार्य जैसीले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजुली वहादुर गुरुङले विद्यार्थीहरु आर्कषण गर्नको लागी विधालयहरूले विभिन्न योजनाहरु ल्याएको बताए । हिल प्वाइन्ट मा।विमा हाल ८५० जना विद्यार्थी अध्यनरत छन् भने ८३ जना कर्मचारीहरु रहेका छन् । स्कुले प्लस टुमा मोफसलमा नै पहिलो चोटी फाइन आर्टको कक्षा सन्चालन गरेको छ । स्कुलमा साइन्स,व्यवस्थापन, होटल मैनेजमेण्ट विषयमा कक्षा सन्चालन भइरहेको छ ।
पोखरा, २४ माघ ।
पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित राईजिङ्ग स्टार युथ क्लबको भण्डारी टोल स्थित भलिवल कोर्टमा भएको नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल प्रतियोगिता आयोजक टिमले जितेको छ । फाइनलमा प्रवेश गरेको छ । शनिवार सम्पन्न फाइनल खेलमा बागलुङ्गको ढोरपाटन समूहलाई आयोजक राईजिङ्ग स्टार युथ क्लबको टिमले उछिन्दै एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
पहिलो सेट जिते पनि लगातार राईजिङ्ग स्टारले २ सेट जितेपछि उपविजेता बनेको बागलुङ्गको ढोरपाटन समूहले रु ५५ हजार पाँच सय ५५नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । क्लवका अध्यक्ष तिलबहादुर गुरुङ अनिलको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका आजीवन संरक्षक पोखरा महानगरापालिका वडा नम्वर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, वडा सदस्य जितेन्द्रबहादुर क्षत्री, क्लबका पूर्व अध्यक्ष यमप्रसाद गुरुङ, संस्थापक अध्यक्ष प्रदिप गुरुङ लगायतले उत्कृष्ट खेलाडी राईजिङ्ग स्टारका सञ्जु विक्रम शाह, उत्कृष्ट सर्भर ढोरपाटनका सञ्जोक परियार,डिफेण्डर जीवन भण्डारी, स्पाइकर कमल सुनार, उत्कृष्ट ब्लकर राईजिङ्ग स्टारका विश्वास अधिकारी, उत्कृष्ट शर्टर अशोक ठकुरी लगायतलाई पुरस्कार वितरण गरेका थिए ।
पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । प्रतियोगितामा १५ टिमको सहभागिता रहेकोे थियो ।
पोखरा, २४ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार गनेस पौडेलको ‘स्थानियसँग संवाद यात्रा’ चुनावी अभियानको केन्द्रमा देखिएको छ । कास्की क्षेत्र नम्बर १ पोखरा महानगरपालिका अन्र्तगत वडा नम्बर १३ का टोल–टोल पुगेर जनताको मन बुझ्ने, सुझाव संकलन गर्ने र मत माग्ने क्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ।
शनिबार बिहान ८ बजे पोखरा–१३ पाटन बेसीमा सम्पर्क कार्यालय उद्घाटन तथा संवाद यात्रा कार्यक्रमबाट अभियान सुरु गरिएको थियो । बिहान १० बजे कञ्चन टोल, दिउँसो १२ बजे शुभकामना टोल र दिउँसो ३ बजे भञ्ज्याङ क्षेत्रमा संवाद कार्यक्रम सम्पन्न भएको थियो । हरेक स्थानमा उम्मेदवार र स्थानीयबीच प्रत्यक्ष कुराकानी, सुझाब संकलन तथा आर्शिवाद ग्रहण गर्ने कार्य भएको कास्की क्षेत्र नम्बर १ का निर्वाचन कमाण्डर श्री कृष्ण न्यौपानेले जनाएका छन । संवाद कार्यक्रममा स्थानीयहरूले परिवर्तनको पक्षमा स्पष्ट समर्थन जनाएका छन ।
पोखरा महानगरपालिका वडा नम्बर १३ का स्थानीय कमला गौतमले भनिन्, ‘हामी महिलाले पनि अब आफ्ना मुद्दा स्पष्ट राख्न थालेका छौं। काम गर्ने र इमान्दार नेतृत्व आए जीवन सहज हुन्छ भन्ने विश्वास छ।’ स्थानीय युवा रमेश बरालले जेन–जी पुस्ताको भावना बुझ्ने नेतृत्व आवश्यक छ। देश बदलिन सक्छ भन्ने आशाले हामी मत दिन उत्साहित भएको बताएका छन । स्थानीय प्रेम चन्द बरालले देश कठिन अवस्थाबाट गुज्रिरहेको छ। अब परिवर्तन चाहने उम्मेदवारलाई नै मत जाहेर गर्ने सुनाए ।
उम्मेदवार पौडेलले आफू देशको अवस्था सुधार्ने उद्देश्यले राजनीतिमा आएको बताए। ‘देशको अवस्था कमजोर हुँदा चुप लागेर बस्न सकिएन। युवालाई अवसर, सेवा सहज, र जनताले सम्मानित जीवन जिउन सकून् भन्ने सोचले राजनीतिमा आएको हुँ,’ उनले भने।
उनले जनताको मतलाई आशीर्वादका रूपमा लिने उल्लेख गरे। ‘जनताको विश्वास र मत मेरो लागि आशीर्वाद हो। यहाँ उठेका आवाजलाई योजनामा रूपान्तरण गरेर काम गर्ने प्रतिबद्धता जनाउँछु,’ पौडेलले भने। पौडेलले जेन–जी युवाको ऊर्जा, नयाँ सोच र परिवर्तनको चाहनालाई समेटेर अघि बढ्ने संकल्प पनि व्यक्त गरे।
रास्वपा कास्की क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटीका अनुसार आइतबार माघ २५ गते पोखरा १४ ॐ शान्ति चोक बाट चाउथे शुभमार्ग, हिमालि टोल, बिरौटामा संवाद यात्रा जारी रहने छ । संवाद यात्राले कास्की–१ मा चुनावी माहोललाई थप उत्साहपूर्ण र आशावादी बनाएको देखिएको छ।
पोखरा, २४ माघ ।
नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ ले विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थापना मतदातासँगको सुझाव संकलनलाई तीव्र बनाएको छ । शनिवार कास्की क्षेत्र नं. १ को पोखरा महानगर पालिका वडा नं. २७ को आवसनगरमा चुनाव प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ । सम्पर्क कार्यालयको क्षेत्र नं. १ कास्कीका प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाटले उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाटले देश र जनतासँग डराउने पार्टी भनेकै नेपाली काँग्रेस भएको बताउँदै सधैँ जनताको दास भएर काम गर्ने प्रतिबद्धता जनाए। भनसुनले मात्रै काम बन्ने संस्कार बसेको बताउँदै उनले भनसुनको अन्त्य गरी कानुनी सुशासनको स्थायित्वका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गरे । उनले देश भित्रका साधन स्रोतलाई सही सदुपयोग गरी समुन्नत देश निर्माण गर्न काँग्रेस सधैँ लागि पर्ने बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण केसीले आम जनताका चाहनालाई काँग्रेसले नै सम्बोधन गर्न सक्ने भएकोले काँग्रेसलाई विजयी गराउन आग्रह गरे । पोखरा–२७ का वडा अध्यक्ष पूर्ण बहादुर गुरुङले सुख दुःखको साथी बनेर काम गर्ने पार्टी काँग्रेस भएको बताए ।
उक्त अवसरमा नेपाली काँग्रेस पोखरा–२७ वडा समितिका सभापति नारायणमणि लामिछानेको नेतृत्वमा दिपाङताल क्षेत्र, बडहरे, अर्घौ अर्चले, घरेलु चौर, शान्ति खहरे, रिठ्ठेपानी क्षेत्रका मतदाता, ज्येष्ठ नागरिक, आम समूहसँग सुझाव संकलन गरिएको थियो ।
यसै गरी पोखरा–३१ मा भानुभक्त पौडेलको संयोजकत्वमा ३ सय ३३ सदस्यीय मूल निर्वाचन परिचालन समिति र विभिन्न १४ वटा उपसमिति गठन गरिएको नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ का सचिव ओम प्रकाश गुरुङले जानकारी दिए ।
पोखरा, २४ माघ ।
आगामि फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तरर्गत बिभिन्न स्थानामा सम्प्रर्क कार्यलय स्थापना गरिएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा नागरिकसँग प्रत्यक्ष संवाद गर्न सहज बनाउने उद्देश्यले सम्पर्क कार्यालयहरू सञ्चालनमा ल्याइएको हो।
जस अन्तरतर्ग पोखरा ८ आलुमाइला चोक र पोखरा–३३ मा सम्पर्क कार्यालय स्थापना गरि उद्घाटन गरिनुका साथै बिभिन्न ठाउँहरुमा सुझाव संकलन जारि रहेको रास्वपा कास्की–२ को सचिवालयले जनाएको छ । सम्प्रर्क कार्यलय स्थापनाको अवसरमा केन्द्र ,प्रदेश ,जिल्ला र क्षेत्रका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा उमेदवार उत्तम पौडेलले कास्की क्षेत्र नम्बर २ को समग्र विकासमा जनताको सहभागिता र उत्तरदायी नेतृत्वबाट मात्र सम्भव हुने बताउँदै कास्की–२ का मतदातासँग परिवर्तनका लागि साथ दिन आग्रह गरेका छन् । यसै बिच उम्मेदवार पौडेलले निरन्तर क्षेत्र नम्बर २ का जनता सगँ छलफल,अन्तरक्रिया र सुझाव संकलन गरिरहेका छन् ।
पोखरा, २४ माघ ।
ने क पा ( एमाले ) कास्की क्षेत्र न २ का प्रतिनिधि सभाका उम्मेदवार रश्मि आचार्यले सृजनशिल युवाहरूलाइ उत्पादन संग जोड्ने गरेर आफू घर घर मा पुग्ने बताएका छन । मर्यादित रोजागारीको बाताबरण निर्माण गर्ने नीति निर्माणमा जोड दिने भन्दै आचार्यले योजनाबद्ध दिगो बिकासका लागि जनताको कर जनतासंगैका कार्यक्रममा आफू प्राथमिकतामा राख्ने उल्लेख गरे।
प्रभाबकारी नीति ,कार्यान्वयन मार्फत युबा महिला र पछाडी पारिएकाहरूको सबलिकण गर्न आफू अघि बढ्ने उल्लेख गरे । ने क पा ( एमाले ) कास्की क्षेत्र न २ ले आयोजना गरेको बृहत कार्यकर्ता भेला पोखरामा सम्बोधन गर्दै उम्मेदवार आचार्यले सो कुरा बताएका हुन।
कार्यक्रममा एमाले केन्द्रिय सचिब तथा गण्डकी प्रदेश कमिटीका इन्चार्ज खगराज अधिकारीले रास्ट्र ,राष्ट्रियता, देशको सुरक्षा एमालेको नेतृत्वमा मात्रै संभब हुने उल्लेख गरे। उनले देश बिकासको रणनीतिक एजेन्डा र योजना आफुहरू संग भएको भन्दै भ्रम र भ्रामक प्रचारको खुलेर परास्त गर्न कार्यकर्तालाई आग्रह गरे।
एमालेका अग्रज नेता एबम कोशी प्रदेशका पूर्ब प्रमुख सोमनाथ अधिकारी प्यासी,एमाले केन्द्रिय सदस्य कृष्ण थापा सहित निर्बाचन भाबी रणनीति सम्बन्धमा धारणा राखेका थिए।
एमाले क्षेत्र दुई संयोजक भेषराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बलराम आचार्य र संचालन सचिब झपट रानाभाटले गरेका थिए।





