२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

पोखरा, १७ फागुन ।

कास्की–१ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले पोखरा महानगरपालिका–२८ का मतदातासँग भेटघाट गरेका छन् । उनी आइतबार आफ्नो जन्म वडा पुगेका हुन् । आफ्ना गाउँबासी मतदाताबाट उनले निकै भव्य स्वागत पाए । ठाउँ–ठाउँमा उनलाई माला, टीका लगाउन तछाडमछाडकै परिस्थिति बन्यो ।

उनले पोखरा–२८ कै मतदाताले जिताउँदा यसअघि जिल्ला समन्वय समिति कास्कीको प्रमुख हुने अवसर पाएको र फेरि आफ्ना गाउँबासीले भारी मत दिने विश्वास व्यक्त गरे । ‘यहीँ जन्मे–हुर्केको मान्छे हो । तपाईंहरुकै भान्सामा खाएको, सधैँ यहीँ भेटिने, यहीँ काम गरेको मान्छे हो,’ उनले भने, ‘यो हाम्रो गाउँका लागि अर्को अवसर हो । गाउँले मलाई निकै भारी मत दिन्छ भन्ने विश्वास छ ।’

आफू कुनै पदमा नहुँदा पनि गाउँको विद्यालय, सडक निर्माण, खानेपानी आयोजना निर्माणमा निरन्तर खटिएको उनले सुनाए । वडाभित्र केही ठाउँमा अझै खानेपानीको समस्या रहेको र समाधान गर्ने उनले प्रतिबद्धता जनाए । पोखराका पूर्वमेयर मानबहादुर जिसीकै पहलमा कालिकासम्म पुग्ने सडक कालोपत्रे भएको उनले स्मरण गरे । पोखरा–२८ मा एमालेकै पहलमा स्मरणयोग्य धेरै काम भएको भन्दै उनले भारी मत पाउने विश्वास व्यक्त गरे ।

एमालेले सोमबार पोखरा–१० मा घरदैलो गर्ने तयारी गरेको छ ।

 

पोखरा, १७ फागुन ।

पोखरा महानगरपालिका–३२ खुदी खोलाको एउटा बस्तीका सबै युवा एमाले प्रवेश गरेका छन् । खुदी खोला एक नम्बर बस्तीका प्रभावशाली ३५ युवा निर्वाचनको मुखमा आइतबार एमाले प्रवेश गरेका हुन् ।

एमाले नेता एवं गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ, एमाले जिल्ला सचिव दर्शन लामासहितको टोलीले उनीहरुलाई पार्टीमा स्वागत ग¥यो । यसअघि यो बस्तीमा माओवादीको पकड राम्रो थियो र एमाले केही कमजोर थियो ।

स्थानीय मिलन लामाको नेतृत्वमा लक्ष्मण क्षेत्री, मनिष न्यौपाने, महेन्द्र थापा, बुद्धि तामाङसहित ४० युवा एमाले प्रवेश गरेका हुन् । उनीहरुले कास्की १ मा एमालेका उम्मेद्वार बैनबहादुर अधिकारी क्षेत्रीलाई जिताउन सक्रिय भएर लाग्ने सामूहिक घोषणा गरेका छन् ।

कास्की–१ को विकास निर्माणमा एमालेको योगदान प्रशंसनीय रहेको र यही पार्टी देशलाई आवश्यक रहेकाले आफूहरु प्रवेश गरेको स्थानीय मिलन लामाले बताए ।

पोखरा, १७ फागुन ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी कास्कीमा दिनदिनै बढ्दो छ । घरदैलो अभियानले तिब्रता पाउँदै गर्दा उम्मेदवारसंगै मत माग्दै हिडँने नेता कार्यकर्ताको भीड देखिन्छ । तर यस पटकको दृष्यमा एउटा विशेष उपस्थितिले सवैको ध्यान खिचिरहेको छ त्योहो ७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासीको निरन्तर सहभागिता ।

नेकपा एमालेका तर्पmवाट कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रश्मी आचार्यको घरदैलो कार्यक्रममा प्यासी उम्मेदवारसंग संगसंगै हिँडिहनु भएको छ । उमेरले ढल्किँदै गएपनि उर्जा र प्रतिवद्धतामा कमी नआएको उनको उपस्थितिले अभियानलाई भावनात्मक उचाई दिएको छ ।

२०४३ सालमा जनपक्षीय उम्मेदवारका रुपमा बाल्टी चिन्ह लिएर चुनाव जितेका प्यासीलाई अहिले पनि मतदाताले त्यो ऐतिहासिक क्षण सम्झाईदिन्छन् । पञ्चायती व्यवस्थाको कठोर समयमा जनताको मतवाट विजयी बन्नुभएको उहाँले प्रजातन्त्र स्थापनापछि २०४८ सालको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं. ४ बाट समेत विजयी हुनु भएको थियो ।

कोशी प्रदेशको प्रदेश प्रमुखको समेत भूमिका निर्वाह गर्नुभएका प्यासी घरदैलोका क्रममा मुस्कुराउँदै भन्नुहुन्छ, “प्रचारमा उमेरले छेक्दैन, विचार र विश्वास बलियो भए पुग्छ ।” उहाँको यही सक्रियता अहिलेका युवा कार्यकर्ताका लागि प्रेरणा बनेको छ ।

रश्मी आचार्यको अभियानमा प्यासीको उपस्थिति केवल समर्थन मात्र होइन, एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण भईरहेको राजनीतिक निरन्तरताको संकेत पनि हो । पाँच छ दशक लामो राजनीतिक यात्राले उनलाई मतदातावीच विश्वासको प्रतिक बनाएको छ ।

घरघरमा पुग्दा मतदाताले उहाँलाई पुराना संघर्षका दिन सम्झाउँछन् भने युवा पुस्ताले जीवित इतिहासका रुपमा हेर्ने गरेका छन् । कतिपय कार्यकर्ता मात्र होईन मतदाता समेत उहाँसंग फोटो र भिडियो बनाउन मोवाईल निकाल्ने गरेका छन् ।

यस पटकको निर्वानमा एमाले उम्मेदवार रश्मी आचार्यको पक्षमा मत माग्दै हिंडिरहेका प्यासीको सन्देश स्पष्ट छ राजनीति केवल पदका लागि मात्र होइन, रिन्तर प्रतिवद्धताका लागि हो । कास्की २ को चुनावी माहोलमा उहाँको उपस्थिति एउटा सशक्त सन्देश वनिरहेको छ उमेर होइन, उत्साह र आस्थाले नै अभियानलाई चलायमान बनाउँछ ।

काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता 
पोखरा, १७ फागुन । 
 
प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिँदै गर्दा कास्की २ मा चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रम तीव्र पारिएको छ । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) को घरदैलो कार्यक्रमले तीव्रता पाएको हो ।  
 
पोखरा–४ विभिन्न टोलका काँग्रेस कार्यकर्ता उत्साहपूर्ण रुपमा आफ्नो पक्षमा मत मागिरहेका छन् ।काँग्रेस सच्चिएर आएको छ, अव ढुक्क भएर मतदान गर्न कार्यकर्ताहरुले मतदातालाई आग्रह गरिरहेका थिए । पोखरा–४ को सिद्धार्थचोकबाट सुरु भएको घरदैलो कार्यक्रमा स्थानीय नेता तथा कार्यकर्ता सहभागी थिए ।  
 
गणेशटोल निवासी प्रविण पालिखेले भने यस पटकको निर्वाचनमा काँग्रेसका कार्यकर्तामा उत्साह थपिएको देख्न पाइयो । यस पटक इमान्दार नेता माधव प्रसाद बास्तोलालाई उम्मेदवार पाउँदा आफू खुसी भएको उनले सुनाए । नेता तथा कार्यकर्ता अधिकांश घरमा पुगेर भोट माग्ने काम गरेका छन् । 
 
घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा मन्त्री बिन्दुकुमार थापा, वीरेन्द्रनारायण बिजुक्छे, ऋषि काफ्ले, केशर निर्दोषी, सकुन्तला कोइराला, शंकर बास्तोला, कृष्ण कुमारी परियार, देवकृष्ण पराजुली, विष्णु कोइराला लगायतका नेता तथा कार्यकर्ता सहभागी थिए । 
 
आइतबार पोखरा–४ को सिद्धार्थचोक, चिप्लेढुंगा, पराजुली मार्ग, गणेशटोल, नालाको मुख, रामकृष्ण टोल, बागलुङ बसपार्क, गैहपाटन बुढालिलाकण्ठ मन्दिर लगायतका स्थानमा मतदातासँग घरदैलो र सुझाव संकलन कार्यक्रम गरिएको बताइएको छ ।  गणेश टोलमा पुरानो बजार र कलात्मक पुराना घरहरुको संरक्षणमा आफूले जोड दिने कुरा पनि उनले उक्त अवसरमा व्यक्त गरेका थिए । 
 
घरदैलोकै क्रममा नालाकोे मुखस्थित गणेशमान सिंहको शालिकलाई माल्र्यापण गर्दै बास्तोलाले अब नेपाली काँग्रेस गणेशमान कै बाटोबाट अगाडि वढेको बताउँदै सच्चिएको काँग्रेसले अव सुशासन र समृद्धि प्रमुख एजेण्डाका रुपमा अगाडि वढाउने प्रतिवद्धता व्यक्त गरे ।
 
मध्यपूर्वमा युद्ध प्रभावित मुलुकमा रहेका नेपाली सुरक्षित स्थानमा बस्न र नेपाली नागरिकलाई परेको प्रभावका बारेमा उनले गम्भीर चिन्ता व्यक्त गरेका छन् । युद्धका कारण नेपालीहरुमा पर्न जाने असुविधाप्रति चिन्ता व्यक्त गर्दै उनीहरुलाई सुरक्षित ठाउँमा राख्ने काम नेपाल सरकारले गर्नुपर्ने कुरामा जोड दिए । आफूपनि त्रिसुली नदीमा खसेर पुनरजन्म लिएर आएको व्यक्ति भएकाले पीडा कस्तो हुन्छ भन्ने कुरा आफूले भोगेको उनले सुनाए । 
 
घरदैलो कार्यक्रममा पोखरा–४ का वृद्धवृद्धादेखि जेन्जी समुहका मतदाताले बास्तोलालाई आशीर्वाद दिइरहेका छन् । त्यस्तै शनिबार पोखरा–११ मा घरदेलो र सुझाव संकलन अभियान सम्पन्न गरिएको छ । उम्मेदबार बास्तोलाले भने यस पटक काँग्रेसका कार्यकर्तामा अभूतपूर्वक उत्साह देखिएको बताए ।  
 
 
 
 

पोखरा, १७ फागुन ।

कास्की क्षेत्र नम्बर १ अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर ३२ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार तिलक रानाभाटको चुनावी घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा हजारौँ युवाको उल्लेख्य सहभागिता देखिएको छ । बिहानदेखि साँझसम्म सञ्चालन गरिएको अभियानमा विभिन्न टोलबस्तीका स्थानीय, युवाहरू, महिला समूह तथा पार्टीका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

घरदैलोका क्रममा रानाभाटले आगामी विकास योजना युवा मैत्री र युवा नेतृत्व केन्द्रित हुनुपर्नेमा जोड दिँदै युवाको सक्रिय सहभागिताबिना दिगो विकास सम्भव नहुने बताए । उनले समाजका सबै क्षेत्रमा युवाको भूमिका सुदृढ गर्न आवश्यक रहेको उल्लेख गर्दै शिक्षा, रोजगारी र उद्यमशीलतामार्फत युवालाई उत्पादनशील शक्तिका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

अभियान अन्तर्गत वडा नं. ३२ का विभिन्न बस्तीमा घरघरमै पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरिएको थियो। स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सुकुम्बासी व्यवस्थापन लगायतका विषयमा नागरिकका गुनासा र सुझाव संकलन गरिएको र समस्याको दिगो समाधानका लागि योजना निर्माण गरिने रानाभाटले बताए । आफू क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको उम्मेदवारका रूपमा जनताको सेवा र विकासका एजेन्डामा प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

रानाभाटले विजयी भए सुकुम्बासी समस्या व्यवस्थित समाधान, लामेआहाको प्रस्ताविक क्षेत्रीय बसपार्क निर्माण, गण्डकी विश्वविद्यालयको विस्तार, रुपातालको समग्र विकास, कृषि आधुनिकीकरण, माहुरीपालन प्रवद्र्धन तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत आत्मनिर्भर वडा निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

उनका अनुसार कृषकलाई केन्द्रमा राखी आयआर्जन अभिवृद्धि गर्ने योजना प्राथमिकतामा रहनेछ। सडक पहुँच विस्तार, व्यवसायमुखी कृषि, जडीबुटी उत्पादन र स्थानीय उद्योग प्रवद्र्धनमार्फत वडाको अर्थतन्त्र सुदृढ गर्न सकिने उनले बताए । महिला अधिकार सुदृढीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार तथा सीपमूलक शिक्षालाई क्षेत्रीय विकासका आधार स्तम्भका रूपमा अघि सारिएको उनले उल्लेख गरे।

कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण केसी, वडा सभापतिा, नेपाली कांग्रेसका विभिन्न भ्रातृ संघ प्रतिनिधि, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। तल्लोगगनगौडा, लामेआहाल, मजुवा, खुदीखोला, मालमुल, राजाको चौतारा, मालेपाटन, ढोडवेसी, सातमुहाने र खोलाको छेउ लगायतका बस्तीमा घरदैलो अभियान सञ्चालन गरिएको हो ।

 

‘रोजगारी खोज्ने होइन रोजगारी दिने युवा बनाउने हो’–कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्य
पोखरा, १७ फागुन ।

नेकपा ९एमाले० का केन्द्रीय सदस्य कृष्ण थापाले कास्कीका तिनवटै क्षेत्रमा नै विगतका निर्वाचन भन्दा बढी अन्तरले एमालेको जित सुनिश्चित भएको दावी गरेका छन् । एमाले कास्कीका इन्चार्ज समेत रहेका थापाले यो चुनाव नालापानीको लडाई भएको बताउँदै देशभक्त शक्ति कमजोर हुन नहुने बताए ।

उनले आफ्नो पार्टीले सशक्त जुझारु उर्जावान उम्मेदवार रश्मि आचार्यलाई निर्वाचनमा खडा गरेको हुँदा विगतका निर्वाचन भन्दा बढि अन्तरले जित्ने विश्वास व्यक्त गरे । नेकपा एमाले क्षेत्र नं। २ कमिटीको आयोजनामा आज सम्पन्न निर्वाचन क्षेत्रीय कोणसभालाई सम्वोधनमा थापाले सो कुरा बताएका हुन् । एमालेलाई कमजोर आक्ने प्रयास भैरहेको भन्दै थापाले सबै दृष्टिकोणबाट उत्कृष्ट उम्मेदवार रश्मि अब जनताको मनबाट अबको सांसद भैसकेको उल्लेख गरे ।

कास्की २ बाट नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले रोजगारी खोज्ने होइन रोजगारी दिने उद्धमी युवा बनाउने गरेर आफ्नो ध्यान केन्द्रीत हुने बताए । आज वातावरण र प्रभावकारी नीतिको अभावमा रोजगारी खोज्दै लाखौं युवा बेरोजगार रहेको र विदेशिनु परेको तथ्य आफुहरूसँग रहेको भन्दै सिप, इलम र दक्षता सहितको युवा निर्माणका लागि आफ्नो प्रतिवद्धता व्यक्त गरेका छन् ।

युवा स्वरोजगार बनाउन केन्द्रीय नीति र कार्यक्रम प्रभावकारी हुन नसकेको स्थानियको गुनासो सुन्दै आचार्यले लगानीका विशेष सहुलियतका प्याकेज बनाउनुपर्नेमा जोड दिए । नेकपा एमाले पोखरा १७ वडा कमिटीको व्यवस्थापनमा आयोजित कार्यक्रममा उम्मेदवार आचार्यले युवालाई देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न वर्तमान शिक्षा संरचनामा परिवर्तन आवश्यक रहेको बताए ।

हाल सैद्धान्तिक शिक्षा बढी र प्राविधिक शिक्षा कम रहेको अवस्थालाई सुधार गर्दै प्राविधिक धारको शिक्षालाई विस्तार गर्नुपर्नेमा उनको जोड छ । प्राविधिक शिक्षा हासिल गरेपछि युवा स्वतः व्यवसाय गर्न सक्षम हुने, उद्यमशीलतामा जोडिन सक्ने र आत्मनिर्भर बन्न सक्ने वातावरण तयार हुने आचार्यको तर्क छ । त्यसका लागि ‘स्टार्टअप विजनेस’ र वाणिज्य क्षेत्रलाई एकीकृत गर्दै सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने उनले बताए ।

युवा तथा बौद्विक नेता उनले रोजगार प्रवद्र्धनका लागि स्पष्ट नीति निर्माण, साना तथा मझौला उद्यमलाई प्रोत्साहन र नयाँ व्यवसाय सुरु गर्न सहज वातावरण बनाइने प्रतिवद्धता व्यक्त गरे । आचार्यले रबिन्द्र अधिकारी र विद्या भट्टराईको नेतृत्वमा शुरु भएका अधुरा काम पूरा गर्ने र नयाँ युगको माग अनुसार प्रत्येक परिवार, हरेक समुदाय र संघ–संस्थाले देशको समृद्धिमा योगदान गर्नुपर्ने जोड दिदै सन्तुलित र सर्वाङ्गीण विकासमार्फत समृद्ध समाज निर्माण गर्न सकिने काम गर्ने उल्लेख्य गरे ।

कोण सभामा एमाले केन्द्रीय सदस्य प्रभा कोइराला, पूर्व केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भिम कार्की, पूर्व केन्द्रीय सदस्य एवं पूर्व शिक्षामन्त्री विद्या भट्टराई सहितको उपस्थिति रहेको थियो । एमाले कास्कीका कार्यबाहक अध्यक्ष भेषराज बरालको अध्यक्षता सम्पन्न कार्यक्रममा क्षेत्र नं। २ का सचिव झपट रानाभाटले कार्यक्रम सञ्चालन ेस्वागत एमाले पोखरा १७ का अध्यक्ष विक्रम गुरुङले गरेका थिए ।

पोखरा, १७ फागुन ।

चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता २०८२ को उपाधि प्लस–२ तर्फ बागलुङको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल तथा विश्वविद्यालय ९कलेज० तर्फ इन्फरमेटिक्स कलेजले च्याम्पियन भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० गण्डकीको आयोजनामा तथा सबिन मेमोरियल एफसीको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्लस–२ तर्फको फाइनल खेलमा चिल्ड्रेन लाइफले पोखरा मासबारस्थित स्टेप वाई स्टेप स्कुललाई ३–१ गोलले पराजित गर्दै च्याम्पियन बन्यो । चिल्ड्रेन लाइफको जितमा आयुष पौडेलले दुई गोल तथा बरदान थापा मगरले एक गोल गरे भने स्टेप वाई स्टेपका आश्रय कुँवरले सान्त्वना गोल फर्काए । स्टेप वाई स्टेप लगातार दोस्रो पटक उपविजेतामै सीमित बन्यो ।

उपाधिसँगै चिल्ड्रेन लाइफले नगद रु १ लाखसहित रनिङ शिल्ड प्राप्त गर्‍यो भने उपविजेता स्टेप वाई स्टेपले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो । प्लस–२ तर्फ स्टेप वाई स्टेपका कुन्जन पौडेल उत्कृष्ट खेलाडी घोषित भए । चिल्ड्रेन लाइफका रेशम बाबु रिजाल उत्कृष्ट गोलकिपर तथा आयुष पौडेल सर्वाधिक गोलकर्ता बने ।

यता विश्वविद्यालय ९कलेज० तर्फ इन्फरमेटिक्स कलेजले आफ्नो दबदबा कायम राख्दै उपाधि रक्षा गर्न सफल भयो । फाइनलमा इन्फरमेटिक्सले लेक सिटी कलेजलाई १–० गोल अन्तरले पराजित गर्‍यो । इन्फरमेटिक्सका लागि निर्णायक गोल सुशिल बरुवालले गरेका थिए ।

च्याम्पियन इन्फरमेटिक्सले नगद रु २५ हजार तथा उपविजेता लेक सिटी कलेजले नगद रु १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । विश्वविद्यालयतर्फ इन्फरमेटिक्सका नारायण प्रकाश पुन उत्कृष्ट खेलाडी घोषित भए भने पुकार गुरूङ उत्कृष्ट गोलकिपर र इन्फोम्याक्सका सवल दाहाल सर्वाधिक गोलकर्ता बने ।

प्रतियोगिताका विजेता टोली तथा उत्कृष्ट खेलाडीहरुलाई गण्डकी विश्वविद्यालयका उपकुलपति डा। कृष्ण राज अधिकारी, नेपाल ओलम्पिक कमिटी स्पोर्ट्स एकेडेमीका अध्यक्ष तेजबहादुर गुरूङ, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालयकी उपसचिव इश्वरी शाह, हिसान केन्द्रीय सल्लाहकार बाबुराम पन्त, केन्द्रीय उपाध्यक्ष डोलराज पाण्डेलगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा हिसान गण्डकी प्रदेशका अध्यक्ष डा।रामजी शर्माले प्रतियोगिताले युवा खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबिन मेमोरियल एफसीलगायत सबैप्रति आभार व्यक्त गरे ।

प्रतियोगितामा प्लस–२ तर्फ विभिन्न जिल्लाबाट छनोट भएका १६ टोली तथा विश्वविद्यालय ९कलेज० तर्फ ८ टोली गरी कुल २४ टोलीको सहभागिता रहेको थियो । प्लस–२ समूहमा कास्कीबाट ८, बागलुङबाट ३, तनहुँबाट ३ तथा पर्वत र म्याग्दीबाट समान १–१ टोली सहभागी रहेको आयोजकले जनाएको छ ।

पोखरा, १७ फागुन ।

पोखराको फेवाताल किनारमा फागु पूर्णिमा होलीको दिन हरेक वर्ष हुँदै आएको बृहत् होली विशेष कार्यक्रम ‘होलिल्याण्ड’ यसपटक नहुने भएको छ । प्रचार नेपालको र स्पेक्स फोर्टिनले गर्दै आएको ‘होलिल्याण्ड’ यसपटक प्रतिनिधि सभा निर्वाचनका कारण नहुने प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए ।

हरेक वर्ष होलीको अवसरमा फेवा किनारको बाराहीघाट चौरमा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्लयास, खानाको स्टल र सांगीतिक प्रस्तुतिसहित होली विशेष कार्यक्रम हुँदै आएको थियो । प्रचार नेपालले पोखरामा प्रायः सांगीतिक कार्यक्रम गर्दै आएको छ ।

 

पोखरा, १७ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० कास्की निर्वाचन क्षेत्र नं।३ ले फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै ‘सुरक्षा कमाण्ड’ घोषणा गरेको छ । पोखरामा आयोजित विशाल भेलामा सयौं युवाको सहभागिता रहेको थियो । सहभागी युवाहरूले एमालेका उम्मेदवारलाई विजयी गराउने दृढ प्रतिबद्धतासहित कमाण्ड घोषणा गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एमाले नेता तथा पूर्व मन्त्री जगत बहादुर विश्वकर्माले चौतर्फी घेराबन्दीका बीच पनि एमालेको जित सुनिश्चित हुने दाबी गरे । उनले युवाहरूलाई अझ सक्रिय र संगठित भएर निर्वाचनमा होमिन आग्रह गरे ।

एमाले कास्की–३ का उम्मेदवार दामोदर पौडेल ९वैरागी० ले एमाले जनतामाझ स्थापित शक्ति भएको उल्लेख गर्दै समृद्ध नेपालको नेतृत्व एमालेले गर्ने विश्वास व्यक्त गरे । समानुपातिकतर्फका उम्मेदवारहरूलाई समेत विजयी गराउने संकल्प सभाले गरेको छ ।

५ सय सदस्यीय सुरक्षा कमाण्ड गठन
भेलाले पानबहादुर जिसी, नमराज केसी र मञ्जु कुँवरको नेतृत्वमा ५ सय सदस्यीय सुरक्षा कमाण्ड घोषणा गरेको छ । एमाले नेता लक्ष्मी अधिकारीका अनुसार निर्वाचनलाई आफ्नो पक्षमा पार्ने र निर्वाचन विरोधी गतिविधि नियन्त्रण गर्ने उद्देश्यले कमाण्ड गठन गरिएको हो ।

क्षेत्र नं। ३ अन्तर्गत पर्ने पोखरा महानगरका वडा नं। १, २, ५, १८, १९, २४ र २५ को कमाण्ड जिम्मेवारी डिल्लीराम सुवेदीलाई दिइएको छ । अन्य वडाको जिम्मा सूर्य भण्डारीलाई तोकिएको छ । त्यस्तै माछापुच्छ्रे गाउँपालिका मा दलबहादुर लामिछाने र अन्नपूर्ण गाउँपालिका मा शिव सुवेदीलाई कमाण्डरको जिम्मेवारी प्रदान गरिएको छ ।

कार्यक्रममा नेता राजिव पहारी, माधव बास्तोला, कमाण्डर शिव सुवेदी र जेनजी शिवानी पौडेलले एमालेको पक्षमा जुनसुकै शक्तिविरुद्ध पनि सक्रिय रहने प्रतिबद्धता जनाए । उक्त भेला नेकपा एमालेका युवा नेता पानबहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फागुन २१ को निर्वाचनलाई केन्द्रित गर्दै एमाले कास्की–३ ले घोषणा गरेको सुरक्षा कमाण्डले क्षेत्रको राजनीतिक माहोल तताएको छ । युवा उत्साह र संगठनात्मक सक्रियतासँगै एमालेले चुनावी मैदानमा आफूलाई थप मजबुत बनाउने संकेत दिएको छ ।

काठमाडौं, १७ फागुन ।

हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।

सारजहा, दोहा, दुबई, कुवेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो दिउँसो र रातिका सबै उडान रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

सिटौलाका अनुसार उडानहरु कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ ।

यसैबीच यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।