२०८२ फाल्गुन ३० शनिबार
२०८२ फाल्गुन ३० शनिबार

पोखरा, २९ फागुन ।

खेल पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने खेलकुद पत्रकारिता तालिम शुक्रबारदेखि पोखरामा सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी को आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा सञ्चालन भएको तालिमको उद्घाटन गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्दै रजिष्ट्रार भण्डारीले खेलकुद पत्रकारिता तालिमले गण्डकी प्रदेशमा भइरहेका खेल गतिविधि र समग्र खेलकुद विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले यस्तो तालिमले खेलकुदसँगै खेल पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने धारणा राख्नुभया ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले खेलकुद पत्रकारिता तालिमले खेल समाचारको लेखन शैली सुधार गर्न सहयोग पुग्ने बताउनुभयो ।

मञ्चका अध्यक्ष मानबहादुर घर्ति मगरले पछिल्लो समय पोखरा खेलकुदको केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै खेलकुदसम्बन्धी समाचार लेखनलाई सशक्त बनाउन तालिम आयोजना गरिएको बताउनुभयो ।

शनिवार सम्म सञ्चालन हुने तालिममा भलिबल, क्रिकेट, मार्सलआर्ट, गल्फ र फुटबल विषयमा प्रशिक्षण दिइनेछ । पहिलो दिन शुक्रबार तालिममा भलिबलमा प्रशिक्षक राजन पौडेल, क्रिकेटमा दुर्गानाथ सुबेदी र गल्फमा जीवा गुरुङ ले प्रशिक्षण दिनुभएको थियोे ।

मञ्चका उपाध्यक्ष राजाराम पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम मञ्चका महासचिव परशुराम शर्माले सञ्चालन गर्नुभएको थियोे । तालिममा कास्की जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत ६५ जना पत्रकार सहभागी छन ।

तालिमको दोस्रो दिन मार्सलआर्र्टका प्रशिक्षक शुभाष खड्का, फुटबलमा हिमेश बज्राचार्य र क्रिकेट तर्फ पोखरा रंगशालाको मैदानमा प्रत्यक्ष अभ्याससहित प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

पोखरा, २९ फागुन ।

मदिरा व्यवसायी समिति, कास्कीको भवन शिलान्यास भएको छ । पोखरा महानगरपालिका वडानम्बर १७ मदगौँडामा भवनको शिलान्यास गरिएको हो । मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनामा शेर्पाले एक कार्यक्रमकाबिच भवनको शिलान्यास गरेका हुन् ।

करिब ४ आना क्षेत्रफलमा २ तले भवन निर्माण हुने समितिका प्रथाम उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक राधाकृष्ण देवकोटाले जानकारी दिए । निवर्तमान अध्यक्ष सुर्यराज घिमिरे नेतृत्वको समितिले उक्त जग्गा खरिद गरेको थियो ।

भवनको उद्याटन गदैँ महासंघका अध्यक्ष शेर्पाले संस्था संचालनका लागि आफ्नै भवन निर्माण थालेकोमा कास्की शाखालाई धन्यवाद व्यक्त गरे । भवन निर्माण गर्नु कार्यालय संचालन गर्नुमात्र नभएर यसले संस्थालाई जिवन्त बनाराख्ने शेर्पाले बताए ।

सो अवसरमा अध्यक्ष शेर्पाले भवन निर्माणको लागि महासंघको तर्फबाट २ लाख १ हजार १११ रुपौयाको चेक मदिरा व्यवसायी समिति, कास्कीका अध्यक्ष कृष्णबहादुर भाटलाई हस्तान्तरण गरे । अन्य जिल्ला शाखा र सदस्यहरुले पनि भवन निर्माणमा सहयोग गर्न उनले आग्रह गरे ।

शिलान्यस कर्याक्रममा महासंघका सचिव यमबहादुर गुरुङले पनि भवन निर्माणमा २५ हजार ९ सय ५० रुपैया बराबरको चेक भाटलाई हस्तान्तरण गरका थिए ।

मदिरा व्यवसायी समिति, कास्कीका अध्यक्ष भाटले सबैको साझा प्रयास र सपना पूरा हुने दिशातर्फ एउटा महत्वपूर्ण कदम भएको बताए । भवन निर्माणको शिलान्यास हुनु केवल एउटा निर्माण कार्य मात्र होइन, यो कास्कीका सम्पूर्ण मदिरा व्यवसायीहरूको एकता, विश्वास र भविष्यको प्रतीक पनि, भाटले भने । यो भवन बैठक, छलफल, योजना निर्माण र व्यवसायीहरूको साझा घर बन्नेछ भन्ने विश्वास लिएको छु ।

जग्गा खरिददेखी शिलान्यासँसम्म ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण अग्रज, सल्लाहकार, सदस्य तथा सहयोगीहातहरू प्रति अध्यक्ष भाटले आभार व्यक्त गदैँ भवन निर्माण कार्यलाई सफल बनाउन सबै व्यवसायीको सहयोग, साथ र एकता आवश्यक रहेको छ ।

शिलान्यास कार्यक्रममा समितिका पूर्व अध्यक्ष एवं महासंघका सल्लाहकार तारानाथ ढुङ्गाना, महासंघका महासचिव गोबिन्द बराल र सचिव यमबहादुर गुरुङ, मदिरा व्यवसायी समिति गण्डकीका अध्यक्ष गोबिन्द बहादुर केसी, समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

पोखरा, २९ फागुन ।

खाना पकाउने ९एलपी ० ग्यास बिक्रेता संघ कास्कीले ७।१ किलोग्रामको ग्यासमात्र बजारमा पठाउने नेपाल आयल निगमको निर्णय अव्यवहारिक भएकाले सच्याउन माग गरेको छ । संघले आधामात्र भरिएको ग्यास सिलिण्डर बजारमा पठाउने निर्णय उद्योगी,बितरक र उपभोक्ताको हित प्रतिकूल रहेको जिकिर पनि गरेको छ ।

एलपी ग्यास बिक्रेता संघ कास्कीका अध्यक्ष नारायणदत्त दाहालद्वारा शुक्रबार जारी विज्ञप्तिमा यो निर्णयले ज्ञास आपूर्तिको चक्र बिथोलिने र कास्की बाहिर रहेका उद्योगहरुले ग्यास नै नपठाउने सम्भावना रहेको पनि औंल्याएको छ । विज्ञप्तिका अनुसार कास्कीमा ग्यास उत्पादन गर्ने दुईवटा कम्पनीमात्र रहेका छन् । ती कम्पनीको उत्पादनलेमात्र बजारको माग पूरा गर्दैन । लागत बढ्दा बाहिरका कम्पनीहरुले आपूर्ति गर्न समस्या उत्पन्न हुन्छ ।

विज्ञप्तिमा भनिएको छ,‘सिलिण्डर आधा भरिएको होस् वा १४।२ किलोग्राम नै किन नहोस्, ढुवानीर लोड–अनलोडमा लाग्ने खर्च उत्ति नै हुन्छ । आधा भरिएको ग्यास बजारमा पठाउँदा कम्पनीको उत्पादन लागत स्वतः बढ्छ । लागत बढ्दा भौगोलिक रुपले टाढा रहेका क्षेत्रमा कम्पनीहरुले ग्यासको आपूर्ति गर्दा थप घाटा व्यहोर्नुपर्छ । लोड–अपलोडमा हुने खर्चको भार हामीजस्ता व्यवसायीको काँधमा आउँछ । घाटाको व्यवसाय गर्नु उद्योगी÷व्यवसायीको धर्म हैन र उसले त्यस्तो घाटा धान्न पनि सक्दैन । लागत बढी हुँदा कास्कीकै हकमा जिल्ला बाहिरका २० वटा कम्पनीहरुले एपली ग्यास आपूर्ति गरिदिएनन् भने समस्या झन चर्कन्छ ।’नेपाल आयल निगमले ७।१ किलोग्राम अर्थात् साविकमा उपलब्ध सिलिण्डरको आधामात्रै ग्यास बिक्री गर्ने निर्णयप्रति एलपी ग्यास बिक्रेता संघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।

एलपी ग्यास बिक्रेता संघ कास्कीले आधा भरिएको सिलिण्डर बजारमा पठाउने निर्णय तत्काल सच्याउँदै पूर्ण तौलको सिलिण्डर बजारमा पठाउन,आपूर्ति प्रणालीलाई चुस्त तुल्याउन र संकटकै बीचमा पनि वैकल्पिक माध्यमबाट देशमा थप इन्धन आपूर्तिको पहलकदमी गर्न सरकारसँग माग पनि गरेको छ ।

संघले नेपालले इन्धन संकट व्यहोरेको यो पहिलोपटक नभएको स्मरण गर्दै भण्डारण क्षमता बृद्धिको लागि सरकारको ध्यानाकर्षणमात्र गराएको छैन, उपभोक्तालाई बढी ग्यास भण्डारण नगर्न आग्रह पनि गरेको छ । विज्ञप्तिमा भनिएको छ,‘यो व्यवसायमा संलग्न एलपी ग्यास बिक्रेताहरुलाई अनावश्यक दबाब र मानहानी हुने कार्य नगर्न÷नगराउन एवं आवश्यक सुरक्षा प्रदान गर्न थानीय प्रशासनसँग अनुरोधसमेत गर्दछ ।’

पोखरा, २९ फागुन ।

व्यवसायीको समस्यको उपचार खोज्ने उद्देश्यले पोखरामा उद्यम क्लिनिक संचालनमा आएको छ । पोखरा महानगरपालिकाअन्तर्गत रहेको व्यवसाय प्रवद्र्धन केन्द्रले नेपालमै पहिलोपटक यस्तो क्लिनिक संचालनमा ल्याएको हो ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार क्लिनिकमार्फत् व्यवसायीहरुका समस्या समाधानको पहलको थालनीसमेत भएको अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । संघका अध्यक्ष कार्कीका अनुसार व्यवसायीका समस्या समाधानका निम्ति पोखरा रिसर्च सेण्टरसँग पनि सहकार्य भएको छ । पोखरा रिसर्च सेण्टरमा आवद्ध विज्ञहरुले व्यवसायीका समस्या सुन्नेमात्र हैन, त्यसको समाधानका निम्ति व्यवहारिक, कानूनी, व्यवस्थापकीयलगायतका सल्लाह दिने छन् । आवश्यक परेको खण्डमा पूँजीका निम्ति पहलकदमी पनि लिइने छ ।

‘समस्याको निदान गर्ने र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले सुरु गरिएको यो क्लिनिक व्यवसायीको हितमा समर्पित छ,’पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले भने,‘म व्यवसायीहरुलाई आफ्ना समस्या निर्धक्क सुनाउन,सहयोग लिन र आफ्नो व्यवसाय सफल बनाउन आग्रह गर्दछु ।’

संघकी महासचिव शोभा गौतमका अनुसार सुरुको क्लिनिकमा ३ जना व्यवसायीहरुले लिखित रुपले नै आफ्ना समस्या राखेका थिए भने झण्डै एक दर्जन व्यवसायीहरुले मौखिक रुपमा आफ्ना समस्या सुनाएका थिए । व्यसायीका समस्याको विभिन्न पक्षबारे पोखरा रिसर्च सेण्टरका कार्यकारी निर्देश सुजन रेग्मी, अनुसन्धानकर्ता श्रीकृष्णध्वज बस्नेनसहितको टिकले अध्ययन गर्नेछ । पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा ती समस्याको निदान खोजिने छ ।

कार्यक्रममा बोल्दै व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले उद्यमशिलता विकासका निम्ति सहकार्य जरुरी भएको धारणा राखे ।

 

पोखरा, २९ फागुन ।

११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ (टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कास्की मोडेल हस्पिटलको प्राविधिक सहयोग रहेको कार्यक्रममा पोखरा महानरपालिका वडा नं ६ बैदामस्थित महिला सञ्जाल अन्तर्गत १८ वटै आमा समूहका प्रतिनिधि लगायत ९० जना पर्यटन व्यवसायी महिलाहरूको सहभागिता थियो । यस अघि कार्यक्रमको उद्घाटन गर्दै बरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा.चण्डिका पण्डितले मेनोपज सचेतना सम्बन्धमा विभिन्न विषय बारे जानकारी गराउनुभयो ।

टेवान पोखराका अध्यक्ष शोभा न्यौपाने पाण्डेले टेवानले पर्यटन प्रवद्र्धनसँगै क्षमता अभिबृद्धि, स्वास्थ्य सेचतना लगायतका विषयमा समय समयमा विभिन्न किसिमका कार्यक्रम गर्दै आएको बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन प्रवद्र्धन लगायत सामाजिक उत्तरदायित्वका क्षेत्रमा टेवानले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुुभयो ।

टेवानका अध्यक्ष शोभा न्यौपाने पाण्डेकोे सभापतित्व एवम् महासचिव शोभा अधिकारी पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रमको संयोजक सुधा सुवेदी बराल रहनुुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, जनस्वास्थ्यकर्मी जिता बराल, महिला सञ्जाल बैदामका अध्यक्ष बबिता मल्ल लगायतले बोल्नुुभएको थियो ।

कार्यक्रमका अवसरमा सहभागीको सामान्य स्वास्थ्य परीक्षण सहित सुुगर, प्रेसर लगायतको निशुल्क परीक्षणको व्यवस्था मिलाइएको थियो भने टेवान र कास्की मोडल हस्पिटलबीच टेवानका सदस्यले लिन सक्ने सेवा सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।

पोखरा, २९ फागुन ।

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपाल को चौथो डिस्ट्रिक कन्भेन्सनको तयारी शुरु भएको छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्णको आयोजनामा पोखरास्थित पोखरा इभेन्ट सेन्टरमा यही चैत्र २१ गते शनिबार आयोजना हुने कार्यक्रमका कार्यक्रम संयोजक तथा कन्भेनर सूर्य बराल जानकारी दिनुभयो ।

अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न ४१ वटा उपसमिति गठन गरिएको छ। गण्डकी प्रदेशका विभिन्न लायन्स तथा लियो क्लबका प्रतिनिधि र सदस्यहरूको व्यापक सहभागितासहित कार्यक्रम सम्पन्न गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ। अधिवेशनको तयारीका क्रममा हालै सबै समितिका संयोजकहरूको बैठक आयोजना गरिएको थियो। उक्त बैठकमा पूर्व डिस्ट्रिक गभर्नर ध्रुब श्रेष्ठ ले विभिन्न समितिका संयोजकहरूलाई आफ्नो जिम्मेवारी, समन्वय र व्यवस्थापनका विषयमा विस्तृत जानकारी तथा निर्देशन दिनुभएको थियो ।

उक्त अधिवेशनका लागि गठन गरिएका उपसमितिका संयोजकहरूमा रुद्र बहादुर घले (वित्तीय व्यवस्थापन), पुजन राजभण्डारी शाक्य (पुरस्कार व्यवस्थापन), अर्चना प्रधान (सचिवालय व्यवस्थापन), बिमला श्रेष्ठ (स्मारिका प्रकाशन), शारदा पराजुली (दर्ता व्यवस्थापन), सञ्जय मल्ल (मिडिया ), इन्दिरा बराल (होटल व्यवस्थापन) र महेश श्रेष्ठ (खाना व्यवस्थापन) रहनुभएको छ ।

त्यसैगरी निर्मला श्रेष्ठ (मन्च तथा सम्मान ), सबी शेरचन (स्वागत तथा आतिथ्य व्यवस्थापन), बालकृष्ण बराल (बगैँचा तथा फूलद्वार व्यवस्थापन), बालकृष्ण शर्मा (क्लब व्यवस्थापन), सिता केसी (सभा कक्ष व्यवस्थापन), चिनु गुरुङ (समूह व्यवस्थापन), अर्चना कर्माचार्य (लायन्स अन्तर्राष्ट्रिय समन्वय) र राजु श्रेष्ठ (झाँकी तथा परेड व्यवस्थापन) संयोजक रहनुभएको छ।

यसैगरी दिपेन्द्र कोइराला (सवारी साधन सजावट), शिव श्रेष्ठ (यातायात व्यवस्थापन), फणीन्द्र प्रसाद लामिछाने (सवारी पार्किङ व्यवस्थापन), कृष्ण बहादुर अधिकारी (पूर्व गभर्नर व्यवस्थापन), दुर्गा प्रसाद पौडेल (भिडियो तथा फोटोग्राफी व्यवस्थापन), सुदिप ओझा (प्रचार–प्रसार व्यवस्थापन), सोनाम साङ्पो (मुख्य अतिथि व्यवस्थापन) र तुम्ला श्रेष्ठ (मूल्याङ्कन व्यवस्थापन) संयोजक रहनुभएको छ ।

त्यस्तै मोहन बाबु खड्का (संस्कृति तथा मनोरञ्जन व्यवस्थापन), शोभा गौतम (सामाजिक कार्यक्रम व्यवस्थापन), राजेन्द्र बहादुर कार्की (प्रदर्शनी स्टल व्यवस्थापन), उषा गौतम (स्वास्थ्य व्यवस्थापन), कोकी मल्ल (कार्यक्रम उद्घाटन व्यवस्थापन), मिता कायस्थ (बस्ने स्थान व्यवस्थापन), बलराम बादल (पिउने पानी व्यवस्थापन) र कल्पना थापा (दर्ता व्यवस्थापन) संयोजक रहनुभएको छ।

यसैगरी विष्णु तिमिल्सिना (विद्युत व्यवस्थापन), घनश्याम ढुंगाना (संगीत व्यवस्थापन), परमेश्वर बस्ताकोटी (सरसफाइ तथा स्वच्छता व्यवस्थापन), कृष्ण परियार (लियो दर्ता), सहनशील पौडेल (लियो सभा कक्ष व्यवस्थापन), आशिष थापा (लियो स्वागत तथा आतिथ्य), धन बहादुर थापा (लियो खाना व्यवस्थापन), केनुका थापा (लायन–लियो निर्वाचन व्यवस्थापन) तथा दुर्गा जोजिजु (लियो व्यवस्थापन) संयोजक रहनुभएको छ ।

कार्यक्रमका कन्भेनर सूर्य बरालले अधिवेशनको तयारी शुरु भएको जानकारी दिँदै गण्डकी प्रदेशका लायन्स तथा लियो सदस्यहरूको उल्लेखनीय सहभागितासहित कार्यक्रमलाई भव्य र सफल बनाउने तयारी भइरहेको बताउनुभयो। पूर्व डिस्ट्रिक गभर्नर ध्रुब श्रेष्ठले संयोजकहरूको बैठकमा सबै समितिले आपसी समन्वय, जिम्मेवारी र सक्रियताका साथ काम गरे अधिवेशन सफल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले लायन्सको सेवा, नेतृत्व र सहकार्यको भावनालाई अझ सुदृढ बनाउन यस्ता अधिवेशन महत्वपूर्ण हुने बताउनुभयो। उक्त अधिवेशनमा गण्डकी प्रदेशका विभिन्न लायन्स तथा लियो क्लबका प्रतिनिधि, पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।

पोखरा, २९ फागुन ।

आफैले रचना गरेका सिर्जना आफ्नै अभिभावकलाई सुनाउन पाउँदा पोखराको हिल प्वाईन्ट स्कुलका विद्यार्थी मख्ख परेका छन् । पोखरा १२ माटेपानीमा रहेको हिल प्वाईन्ट स्कुलले विद्यार्थीको फरक क्षमता विकास गर्ने उद्धेश्यले संचालन गरेको पठन संस्कृति अभियान मार्फत विद्यार्थीले साहित्यका बिभिन्न विधाको लेखन प्रशिक्षण लिएका थिए ।

सोही प्रशिक्षणमा सहभागी कक्षा ४ र ५ का विद्यार्थीले रचना गरेका सिर्जना शुक्रबार विद्यालयमा आयोजित ज्ञान सिर्जना उत्सव कार्यक्रममा प्रस्तुत गरिएको छ । विद्यालयका उत्कृष्ट विद्यार्थी प्रत्युस अधिकारीलाई नै सभाध्यक्ष बनाएर गरिएको कार्यक्रममा रोबोटिक्स कक्षामा सहभागि ३७ जना विद्यार्थीले आफुले रचना गरेका कथा, कविता, निबन्ध लगायतका साहित्यीक सिर्जना प्रस्तुत गरेका हुन् ।

अभिभावक अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक रवि किरणले वालवालिकाको अध्ययनशीलता र सीप विकासका लागि अभिभावकको भुमिकाको विषयमा प्रशिक्षण दिएको नेपाली विभाग प्रमुख भावना लामिछानेले जानकारी दिईन् । त्यस्तै विद्यालयले पठन पाठनका अलावा संचालन गरेको राबोटिक्स शिक्षाका विषयमा आईएनजि स्कील एकेडेमीका प्रतिनिधी रसिला श्रेष्ठले जानकारी दिएकी थिईन् ।

सोही अवसरमा युकेजीका ३० जना विद्यार्थी पनि दिक्षित भएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोला र विद्यालयका संस्थापक प्राचार्य दिवाकर जैंसीले दिक्षित गरे । यसअघि कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष बास्तोलाले विद्याथीको शैक्षिक तथा मानसिक विकासका लागि पढाईका अलावा अन्य क्रियाकलाप पनि महत्वपुर्ण हुने बताए । विद्यालयका संस्थापक प्राचार्य दिवाकर जैंसीले विद्यार्थीको शैक्षिक विकासका लागि विद्यालय प्रतिबद्ध रहेको बताउँदै, हेटौंडा एनोभेसन सेण्टरको सहकार्यमा विद्यार्थी केन्द्रित विभिन्न क्रियाकलाप संचालन गरेको बताए । अभिभावक संगीता भट्टराईले विद्यालयले गरेको शैक्षिक उन्नयनप्रति खुशी व्यक्त गरिन् ।

शिक्षक शोभा बरालले स्वागत गरेको कार्यक्रमको संचालन नेपाली विभाग प्रमुख भावना लामिछानेले गरेकी थिईन् । कार्यक्रममा विद्यार्थीले गणित शिक्षाका प्राविधिक ज्ञानका विविध स्टल राखेका थिए ।

पोखरा, २९ फागुन ।

कलाकार महेश त्रिपाठीलाई उनको जन्म गाउँ कास्कीकोटमा भव्य सम्मान गरीएको छ । त्रिपाठीको पछिल्लो प्रर्दशन भएको चलचत्रि परानले बक्स अफिसमा ठुलो सफलता प्राप्त गरेको थियो । परानले देश विदेशमा सामाजीक परिवेशको वारेमा धेरैको मनसम्म छोएको चलचित्र हो । परानमा महेश त्रिपाठी र निर शाहाका संवादहरुमा निकै दर्शकहरु रोएका थिए  ।

 झिङगे दाउ २ चलचित्र छायँनकन सकेर गाउँ फर्कीएका महेशलाई स्थानीयले सम्मान गरेका हुन । पोखरा २४ कास्कीकोटलाई देश तथा विदेशमा चिनाउन सफल भएको भन्दै स्थानीय मितेरी आमासमुहको आयोजनामा गाउँमा सम्मान गरेका हुन् ।  लामो समय देखी कलाकारितामा लागेका महेशलाई हल्कारा फिल्मबाट उत्कृष्ठ अभिनेताको अन्तराष्टीय अवार्ड समेत प्राप्त गरेका थिए भने केही समय अगाडी वेलायतमा आयोजना भएको फिल्म अवार्ड कार्यक्रम चलचित्र लाज शरणम्बाट जुरी अवार्ड पाएका थिए ।

महेश अभिनीत चलिचत्र ३६ को आकडा , क का की की , झिङगे दाउ २ प्रर्दशनको तयारीमा रहेका छन् भने अहिले उनी सिरजरा चलचित्रको े सुटिङमा लागेका छन् । सम्मान कार्यक्रममा स्थानीय आमा समुह, युवा क्लवरुको उपस्थीती रहेको थियो । सम्मानले गाउँ प्रतिको माया अझै प्रगाड र धेरै समय पछि गाउँमा सबैसगँ भलाकुसारी गर्न पाउदा खुसी लागेको त्रिपाठीले बताए ।

मितेरी आमा समुहकी अध्क्षय जेनीशा परियारले अभिनयको माध्यमबाट समाज र राष्टको लागी त्रिपाठीले पुयाएको योग्दानको प्रशंसा गर्दै अझ  कास्कीकोटको। नाम विश्व सम्म चिनाउदा आफुहरुलाई पनि ठुलो खुसी मिलेको भन्दै आगामी दिनहरुमा पनि अझै प्रगीत हुदै गएको देख्न आफुहरुले चाहेको बताइन् । 

पोखरा, २९ फागुन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा श्रद्धाञ्जली दिएका छन्। आज साँझ सामाजिक सञ्जालमा लेख्दै बालेनले एमाले अध्यक्ष ओलीका बुबाप्रति श्रद्धाञ्जली दिएका हुन्।

शुक्रबार ओलीका बुबा मोहनप्रसादको ९७औं वर्षको उमेरमा निधन भएको हो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।