२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

पोखरा, ११ चैत्र ।

माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे«को केन्द्र–वडा न।४,लाहाचोकमा बुधवार देखि चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ सुरु भएको छ ।

उद्घाटनको पहिलो खेल सुक्ला गण्डकी नगरपालिका तनहुँ र माछापुच्छ्रे गाउँपालिका निलो बिच भएको खेलमा निरन्तर तिन सेटले पछि पर्दै सुक्ला गण्डकीले विजय सुरुवात गरेको छ । आयोजकको खेल तालिका अनुसार दोस्रो खेल अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिका वडा न।२३ बिच थियो तर आयोजकले तोकेको निर्धारित समयमा वडा २३ उपस्थित हुन नसक्दा अन्नपूर्ण गाउँपालिकालाई आयोजकले आगामी यात्राका लागि विजय घोषण ग¥यो । महिला तर्फ पहिलो खेलमा आयोजक माछापुच्छ्रे« निलो लाई एलिट भलिबल एकेडेमी,नदीपुर पोखराले सोझो ३ सेट जित्दै पछि पार्न सफल भयो । दोस्रो खेलमा शान्ता भलिबल टे«निङ सेन्टरले माछापुच्छ्रे« रातोलाई सोझो ३ सेट जित्दै पछि पार्दै आगामी यात्रा तय ग¥यो ।

कार्यक्रमलाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले “खेलसँगै पर्यटन प्रवर्द्धन र पर्यटनसँगै संस्कार–संस्कृतिको जगेर्ना गर्न सकिने बताए । खेल अनुशासनको प्रतीक भएको उल्लेख गर्दे अनुशासनसहित खेल प्रस्तुत गर्दै उपाधि हात पार्न सहभागी सबै टिमलाई शुभकामना दिए ।

उपाध्यक्ष सीता अधिकारीले गाउँपालिकाले खेलकुदलाई महत्त्वपूर्ण प्राथमिकतामा राख्दै विभिन्न समयमा पालिकाभित्र विभिन्न विधाका प्रतियोगिता सम्पन्न गर्दै आएको बताइन। खेल अनुशासन र भाइचाराको महत्त्वपूर्ण माध्यम भएको उल्लेख गर्दै खेलकुदले समाजमा एकता र सद्भाव बढाउने विश्वास व्यक्त गरिन ।

कार्यक्रममा वडा नं। ४ का वडा अध्यक्ष मधुसूदन अधिकारीले पालिकाले खेलकुदका माध्यम बाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न वडामा खेलकुद प्रतियोगिता सञ्चालन गरेको स्मरण गर्दै चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता लाहाचोक गाउँमा सञ्चालन गर्ने पाउँदा पर्यटन प्रवर्द्धन थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै सम्पूर्णमा हार्दिकता साथ स्वागत व्यक्त गरे ।

माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा न ४ का अध्यक्ष मधुसूदन अधिकारीले गरेका थिए भने सञ्चालन खेलकुद विकास समिति सदस्य सचिव हुम व। गुरुङले गरेका हुन ।

माछापुच्छ्रे गाउँपालिका वडा नं।४ लाहाचोकको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा चैत्र ११ देखि १४ गते सम्म प्रतियोगिता चल्नेछ ।

पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर, उदयमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरस्कार प्रदान गरिने छ ।

पोखरा, ११ चैत ।

नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १३ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।

पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १० रामबजार स्थित कालिका पब्लिक कलेजमा अभियान संचालन गरिएको छ । कार्यक्रमको शुभारम्भ पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य पूर्णचन्द्र न्यौपानेले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी, स्टाफ नर्स अनुषा भुेजल र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारीले संचालन गर्नुभएको थियो ।

 

पोखरा, ११ चैत ।

नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्थी डेल्पिटियालाई पोखरामा स्वागत गरिएको छ । पोखरा पर्यटन परिषदलगाउयत सहाका पर्यटन ब्यवसायीहरुले एक कार्यक्रम बिच राजदुतलाई स्वागत गरेका हुन ।

पोखरा पर्यटन परिषद् र पोखरा भ्रमण वर्षद्वारा आयोजित ‘ब्रिजिङ होराइजन्स’ अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईले पोखरा र श्रीलंकाको कुनै प्रमुख पर्यटकीय सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव राखे । उनले दुई देशबीच द्विपक्षीय परिचयात्मक भ्रमण थालनी गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवर्द्धनमा सहकार्य गर्ने र जनस्तरमा सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए । उनले संयुक्त प्याकेज, प्रवर्द्धन र पर्यटक आवागमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

राजदूत डेल्पिटियाले प्रत्येक वर्ष करिब ५० हजार श्रीलंकाली तीर्थयात्री लुम्बिनी भ्रमण गर्ने गरेको तर उनीहरू भारत हुँदै आउने र जाने गरेको औंल्याउँदै काठमाडौं वा पोखरा हुँदै लुम्बिनी आउने प्याकेज बनाउन दुवै देश एकजुट हुनुपर्ने बताइन् । उनले पर्यटन प्रवर्द्धनमा सार्वजनिक–निजी साझेदारीलाई मुख्य आधार मान्नुपर्ने बताउँदै नेपालले पनि हिमाल र साहसिक खेलकुद पर्यटनमा मात्र नभएर आयुर्वेद, वेलनेस र आध्यात्मिक पर्यटनमा विस्तार गर्नुपर्ने सुझाव दिइन् । उनले नेपाली पर्यटन एजेन्टलाई श्रीलंका र श्रीलंकाका एजेन्टलाई नेपाल भ्रमण गराउन दुवै सरकारले परिचयात्मक भ्रमण प्रायोजन गर्नुपर्ने प्रस्ताव राखिन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले दुई देशबीच द्विपक्षीय परिचयात्मक भ्रमण थालनी गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवर्द्धनमा सहकार्य गर्नुपर्नेमा जोड दिए ।

भुकम्प, कोरोनालगायत हाल मध्यपूर्वको युद्दको प्रत्यक्ष मारमा परेको पर्यटनलाई दिगो राख्न गरिने यस्ता छलफल र अन्तरक्रियाले दिर्घकालिन प्रभाव पर्ने भन्दै सहभागीहरुले छलफललाई उठेका विषयहरुलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिभा मावि र शान्ति निकेतनको सहकार्य, संस्कृत र चिनियाँ भाषा पढाइने
पोखरा, ११ चैत ।

पोखरा वडा नं। ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भावी योजनाबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा स्कूलले यसबारे जानकारी गराएको हो ।

संस्थापक एवं प्राचार्य डा। महेश्वर पराजुलीले पोखराको अर्को उत्कृष्ट विद्यालय प्रतिभा माविसँग सहकार्य गरिएको पनि खुलासा गरे । ’प्रतिभा र शान्ति निकेतन आ–आफ्नै मोडालिटीमा चलिरहेको छ । अब पनि यसै अनुसार चल्ने हो । गुणस्तरीय शिक्षाका हेतु हामी व्यवस्थापकीय र शैक्षिक पक्षमा सहकार्य गर्दै अघि बढ्ने निर्णय गरेका हौँ । सहलगानीदेखि दुई विद्यालयका शिक्षक अनुभव आदानप्रदान तथा सहकार्य गरिनेछ ।’ डा। पराजुलीले भने ।

पत्रकार सम्मेलनमा उपस्थित भएका प्रतिभा मावि सञ्चालक समिति अध्यक्ष नारायण पौडेलले उत्कृष्ट नतिजा ल्याइरहेको शान्ति निकेतनसँग सहकार्य गरी अघि बढ्न लागेको जानकारी दिए । ’दुई विद्यालय एकआपसमन गाभिने बुझ्नु हुँदैन । लगानीदेखि शैक्षिक सञ्चालनमा दुई पक्षको सहकार्य हो । अब हामी आफैमा प्रतिष्पर्धा गर्दै, निखारिँदै, गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यमा अघि बढ्ने हो ।’ पौडेलले भने ।

२०६२ सालमा स्थापित स्कूलले २० वर्षे शैक्षिक यात्रामा गर्व गर्न लायक उपलब्धि हासिल गरिसकेको प्राचार्य पराजुलीले जानकारी दिए । ’स्थानीय र राष्ट्रिय परीक्षाको नतिजा विश्लेषणमा पटक पटक सर्वोत्कृष्ट विद्यालय भई पुरस्कृत भइसकेको छ। एसइई परीक्षामा पटक पटक जिल्लामा उत्कृष्ट स्थानसहित ४ जिपिए हासिल गर्ने विद्यार्थीसमेत शान्ति निकेतनले उत्पादन गरिरहेको छ ।’ डा। पराजुलीले भने

एकलधारामार्गमा अवस्थित यो विद्यालय अब १५ करोड लागतमा अत्याधुनिक सुविधासम्पन्न भवन बनाएर धारापानी मार्गमा विस्तार गर्न लागेको स्कूलले जनाएको छ । करीब ६० करोड बजार मूल्य बराबरको जग्गामा १५ करोड लगानी गरी एक वर्षभित्रै द्रुतगतिमा निर्माण कार्य अघि बढाएर विद्यालय भवन सम्पन्नको अन्तिम चरणमा रहेको प्राचार्य पराजुलीले बताए ।

अत्याधुनिक प्रविधियुक्त भवन अपाङ्गता मैत्री बनेको स्कूलले जनाएको छ । बालबालिकाहरूका लागि लिफ्टको व्यवस्थाका साथै अण्डरग्राउण्ड पार्किङस्थल, बास्केटबल कोर्ट, फुटसल, क्रिकेट प्राक्टिस नेट, स्वच्छ एवं स्वस्थ क्यान्टीन, अतिरिक्त क्रियाकलापका लागि ३ सय जना क्षमताको श्रव्य दृश्य कक्ष, अत्याधुनिक आइसीटी ल्याब, साइन्स ल्याब, लाइब्रेरी लगायतका सुविधाहरू थप गरी शिक्षण पद्धत्ति अनुसन्धानमूलक र खोज विधिमा आधारित बनाइने विद्यालयले जनाएको छ ।

स्मार्ट क्लास रूम, विभिन्न डिजिटल उपकरण, कम्प्युटर ल्याब, साइन्स ल्याब, वल्र्ड क्लास डिजिटल लाइब्रेरी, इन्फर्मेसन टेक्नोलोजीका माध्यमबाट शिक्षण सिकाइ हुने प्राचार्य पराजुलीले बताए । आगामी शैक्षिक सत्रदेखि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद नेतृत्व विकासका साथै नृत्य, कला, सङ्गीत, नाटक, योगा, चिनियाँ र संस्कृत भाषाका कक्षालाई थप प्रभावकारी बनाउँदै विद्यालयलाई डिजी स्कुलका रूपमा विकास गरिने उनले बताए ।

निकट भविष्यमा प्राविधिक धारमा स्नातक तहका कथाहरू सञ्चालन गर्ने लक्ष्य राखिएको र यसका लागि अन्तर्राष्ट्रिय ख्याति प्राप्त शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने योजना रहेको स्कूलले जनाएको छ ।

शान्ति निकेतन स्कूल आफ्नो गौरवमय इतिहास र विरासतलाई निरन्तरता दिँदै समावेशी, समतामूलक समाज निर्माणमा विद्यार्थी केन्द्रित शिक्षा प्रणालीमा विश्वास राख्ने उनको भनाई छ । अत्याधुनिक भौतिक संरचनाभित्र रहेर नवीनतम् प्रविधिको प्रयोगमा जोड दिँदै अघि बढ्ने क्रममा पाठ्यक्रम र परीक्षा आधारित शिक्षामा मात्र केन्द्रित नरहने प्राचार्य पराजुलीको भनाई छ ।

’पछिल्लो समयमा हराउँदै गएको मानवता र नैतिकता बढाउन परोपकार र संस्कारजन्य विषयवस्तुहरूमा विद्यार्थीहरूलाई जागृत गराउने हाम्रो लक्ष्य रहेको छ। विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउने हाम्रो मूलभूत उद्देश्य रहनेछ। विश्व बजारमा सबल, सक्षम र भविष्यमा पेशागत हिसाबले प्रतिस्पर्धी नागरिक उत्पादन गर्न मुख्य ध्येय रहनेछ।’ उनले भने ।

शान्ति निकेतन सञ्चालक समितिका अध्यक्ष कृष्णमणि भुत्र्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सल्लाहकार पुरूषोत्तम पराजुलीले गरेका थिए ।

पोखरा, ११ चैत

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्ने बताउनुभएको छ ।

प्रदेश लोक सेवा आयोग गण्डकीको पाँचौ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि भट्टले कर्मचारीतन्त्रले जबसम्म नागरिकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म जनता खुशी हुन सक्दैनन् भन्ने वास्तविकतालाई बिर्सन नहुनेमा जोड दिनुभयो ।

‘स्व–उत्प्रेरित, उच्च नैतिकवान, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सक्दछन् भन्ने यथार्थलाई हामीले बिर्सन हुँदैन ।’ उहाँभले भन्नुभयो – ‘वर्तमान समयमा सरकारी सेवाप्रति युवाहरुको बढ्दो आकर्षण, सूचना प्रविधिको तीब्र विकास तथा बढ्दो प्रतिश्पर्धाजस्ता विषयलाई सम्बोधन गर्दै आयोगले आफूलाई थप सबल तथा अद्यावधिक गर्नु आजको टड्कारो आवश्यकता हो ।’

चुस्त व्यवस्थापकीय क्षमतायुक्त‚ इमान्दार‚ कर्तव्यनिष्ठ र विषयगत दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनौट प्रणालीमा समय सापेक्ष सुधार गर्नेतर्फ आयोगको थप ध्यान जाने पनि उहाँले अपेक्षा गर्नुभयो ।

आगामी दिनमा आफूप्रतिको विश्वसनीयतालाई कायम राख्दै प्रदेश सरकार र नागरिक तह दुवैसँग सुमधुर सम्बन्ध र समन्वय कायम गरी आफ्नो निर्धारित लक्ष्य हासिल गर्ने कार्यमा आयोग लागिपर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रदेश प्रमुख भट्टले योग्यता, निष्पक्षता र स्वच्छताको मूल मन्त्रकासाथ लोकसेवा आयोगले प्रदेश कानुन बमोजिम प्रदेशका र प्रदेश भित्रको स्थानीय तहका कर्मचारीको भर्ना, छनोट र सिफारिसको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै आएकोमा खुशी पनि व्यक्त गर्नुभयो ।  

‘सरकारी सेवामा प्रवेश गर्न चाहने आमनागरिकको आशा एवं भरोसाको केन्द्रका रुपमा लोकसेवा आयोग स्थापित भइसकेको छ ।’ उहाँले भन्नुभयो – ‘निश्पक्षता र गुणस्तरीयतामा कुनै सम्झौता नगरीकन स्वतन्त्र निकायको रुपमा आफ्नो गरिमालाई अक्षुण्ण राख्नु चुनौतीपूर्ण काम हुँदाहुँदैपनि लोकसेवा आयोगले आफूलाई अब्बल सावित गर्दै अगाडि बढेको पाएको छु ।’

मुलुकको स्थायी सरकारको रूपमा चिनिने निजामती प्रशासन र अन्य सार्वजनिक सेवाको क्षेत्रमा प्रतिभाशाली, दक्ष र योग्य जनशक्ति प्रवेश गराउने मुख्य जिम्मेवारी बोकेको यस आयोगले राष्ट्रसेवामा सर्वसाधारणलाई आकर्षित गर्न र आमजनताको मन जित्न आयोग सफल भएको उहाँको भनाई छ । 

 
 
 
 

कास्की।

संयुक्त राज्य अमेरिकाले हालै सम्पन्न निर्वाचनमा रास्वपाको विजयका लागि सभापति रवि लामिछानेलाई बधाई दिएको छ ।

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले सभापति रवि लामिछानेलाई चैत १० गते फोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएको काठमाडौंस्थित दूतावासले जनाएको छ ।

अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको समेत दूतावासले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।