२०८२ चैत्र १९ बिहीबार
२०८२ चैत्र १९ बिहीबार

काठमाडौं ।
२० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक सई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ ।उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । गहनापोखरीस्थित ग्रिन स्टार क्याफेबाट २० हजार घुससहित उनी ५ बजे रंगेहात पक्राउ परेका हुन् ।

काठमाडौं ।
प्रेस काउन्सिल नेपालले पत्रकार सुरज खड्का सञ्चालक रहेको अनलाइन एनपीएलप्रेस डटकम सूचीकरणबाट हटाएको छ ।
काउन्सिलले उक्त अनलाइन मिडियालाई कालोसूचीमा राखेर काउन्सिलको सूचीकरणबाट हटाएको हो ।साथै काउन्सिलले पत्रकार खड्काको प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्राचार समेत गरेको छ ।

गत फागुन ८ गतेको निर्णयानुसार कालोसूची नं। अवज्ञाकारी र कालोसूचीमा राखी सूचीकरणबाट समेत हटाइएको साथै सम्बद्ध सञ्चालक र पत्रकार ९सुरज खड्का० को प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्राचार भएको काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंहले जानकारी दिए ।

खड्काले गत आइतवार एमालेको एक कार्यक्रममा लुगा खोलेर आओ आओ भन्दै एमाले कार्यकर्ताहरुसँग भिड्न तम्सिएको भिडिओ भाइरल भएको थियो । उनले एक एक गर्दै भिड्ने भन्दै आफू जिमर भएको बताएका थिए ।

खड्काले  एनपीएल प्रेस नामक अनलाइन दर्ता गराएर विभिन्न विद्यालय,वडा कार्यालय र निजी प्रतिष्ठानमा गएर धम्क्याउने गरेको आरोप लागेको थियो ।

 

काठमाडौं ।

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा रेसलर पक्राउ परेकी छन् ।पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका वडा नं। १२ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने ३५ वर्षीया भगवती खड्का रहेकी छन् । उनी रेसलर तथा एमाले समर्थक हुन् ।

खड्काले सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लिल कमेण्ट गरी सार्वजनिक रुपमा बेइज्जत गराई, घृणा, द्वेष फैलाई चरित्र हत्या गरेको भन्दै पीडितले साइवर ब्यूरोमा निवेदन दिएकी थिइन् ।

खड्कालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा मिति २०८२ चैत १७ गते काठमाडौंबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत काठमाडौंले ४ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको ब्यूराेमा प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।