२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

माघी मेला २०८२ अन्तर्गत सिक्लेसमा छेलो प्रतियोगिता सम्पन्न

पोखरा, ०२ माघ ।

माघी मेला २०८२ को अवसरमा कास्की जिल्लाको सिक्लेसमा आयोजित छेलो प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। माघी संस्कृतिको पावन अवसरमा प्राचीनकालदेखि सञ्चालन हुँदै आएको छेलो खेल प्रतियोगिता श्री सभा युला सभाथर परिवार को आयोजनामा सम्पन्न भएको हो।

गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो। परम्परागत खेलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा पर्वत जिल्लाका मिलन सुनार ले ६४ फिट ११ इन्च दूरीमा छेलो फ्याँक्दै प्रथम स्थान हासिल गर्न सफल भए। प्रथम हुने सुनारले रु। ४५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै, रोहित सुनार ले ६४ फिट ५ इन्च दूरी कायम गर्दै दोस्रो स्थान हासिल गरेका छन्। दोस्रालाई रु। ४० हजार नगद पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि सु। रत्न खोज गुरुङ, अध्यक्ष क्या।जै बहादुर गुरुङ तथा सचिव श्री दिनेश गुरुङको उपस्थितिमा प्रमाण–पत्र प्रदान गरिएको थियो। आयोजकका अनुसार यस्ता प्रतियोगिताले मौलिक खेलकुदको संरक्षणसँगै युवापुस्तालाई परम्परागत खेलप्रति आकर्षित गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।