२०८२ चैत्र १९ बिहीबार
२०८२ चैत्र १९ बिहीबार

एमाले संसदीय दलको नेतामा औपचारिक रुपमा सुहाङले गरे दाबि

काठमाडौं ।
नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा औपचारिक रूपमा आफ्नो दाबी अघि सारेका छन् ।
च्यासलमा जारी संसदीय दलको बैठकमा नेम्वाङले पार्टीको अहिलेको जनभावना अनुरुप र आवश्यकता अनुसार भन्दै दलको नेतामा इच्छा व्यक्त गरेका हुन्। 

सुहाङले बैठकमा भने( ‘पार्टीको विधि पद्धति र अग्रजहरूको भूमिकालाई सम्मान गर्दै म जिम्मेवारी निभाउन तयार छु । देशमा उत्पन्न वर्तमान परिस्थिति हामीले नजरअन्दाज गर्न पक्कै हुँदैन । सदन र सदन बाहिरको अवस्था हामी बुझ्न सक्छौँ ‘

उनले आफ्नो भनाइ अग्रजहरूले गर्न नसक्ने भन्ने नरहेको प्रष्ट पारेका छन् ।पार्टीले नै अवलम्बन गरेको प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र लोकतान्त्रिक अभ्यासलाई पनि अपनाउने कुरा उनले नेतृत्वलाई स्मरण गराएका छन् ।

बादलको अध्यक्षतामा जारी बैठकमा पार्टी पदाधिकारीहरू विष्णु पौडेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायतका नेता छन् ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।