२०८३ आश्विन २४ शनिबार
२०८३ आश्विन २४ शनिबार

बिध्या भण्डारीको पुनरागमन ;११ बर्षपछी एमाले बैठकमा सहभागी

काठमाडौँ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि नेकपा एमालेको सदस्यको हैसियतमा पार्टी बैठकमा सहभागी भएकी छिन् । भण्डारीलाई असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो । उनी २०७२ मा राष्ट्रपति भएपछि त्यसयता उनी एमाले बैठकमा सहभागी हुन पाएकी थिइनन् । दुई पटक गरी २०७९ मा राष्ट्रपतिको कार्यकाल पुरा गरेकी भण्डारी यसअघि नै एमाले राजनीतिमा सक्रिय हुन चाहेकी थिइन् ।

गत जेठमा बसेको केन्द्रीय पदाधिकारी बैठकले भण्डारीको पेन्डिङमा रहेको सदस्यता फुकुवा गरेको थियो । फुकुवा गरेसँगै उनी एमालेको राजनीतिमा सक्रिय हुन थालेकी हुन् ।पार्टी कार्यालय च्यासलमा भण्डारीले बरिष्ठ नेताको पदमा शपथ ग्रहण गरेपछि स्थायी कमिटी बैठक औपचारिक रूपमा सुरु भएको छ । 

 
 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।