२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

साउदीमा सुरक्षा खतरा बढेपछि नेपाली राजदूतावासको विशेष अपील: बाहिर ननिस्कन, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं ।

साउदी अरेबियामा पछिल्लो समय सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि नेपाली राजदूतावासले साउदीमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्क रहन अपील गरेकाे छ । राजदूतावासले अनावश्यक रुपमा घरबाहिर ननिस्कन  निर्देशन दिएको छ ।

दूतावासले सूचना जारी गर्दै सुरक्षा चेतावनी जारी भएका क्षेत्र वा समयमा विशेष सावधानी अपनाउन र आधिकारिक निकायका निर्देशनहरु मात्र पालना गर्न आग्रह गरेको छ । सामाजिक सञ्जालमा भ्रामक, अपुष्ट वा उत्तेजक फोटो र भिडियोहरू पोस्ट तथा सेयर नगर्नसमेत भनेको छ ।

हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीहरुलाई उडान तालिका परिवर्तन भए-नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट निश्चित गरेर मात्र यात्रामा निस्कन भनेको छ ।

कुनै पनि समस्या वा आपत्कालीन अवस्था आएमा रियादस्थित नेपाली राजदूतावास र जेद्दास्थित महावाणिज्यदूतावासका फोन नम्बर तथा इमेलमार्फत सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।
 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।