२०८३ बैशाख २० आईतवार
२०८३ बैशाख २० आईतवार

पोखराका मेयरले भने : धैर्य गर्नुहोला, छिट्टै सेवा थाल्ने छौं

पोखरा, २८ भदौ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हालैको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले दिवंगत युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

आन्दोलनका बेला दुबईमा रहेका आचार्यले पोखरा फर्केर भनेका छन्, ‘देशले आफ्ना सपना बोकेका असंख्य आँखाहरू गुमाएको यो पीडामा मेरो मन असाध्यै भारी भएको छ । साथै आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

आचार्यले पोखरामा सरकारी कार्यालयमा भएको आगजनी, तोडफोड र क्षति बाहिरी तत्वको षड्यन्त्र भएको दाबी गरेका छन् । उनका अनुसार प्रशासनतर्फबाट सम्पूर्ण क्षतिको विवरण संकलन भइरहेको छ । उनले भने, ‘जनताको नजिकको सरकारका रूपमा रहेका कार्यालयहरूमा भएको विनाश आन्दोलनकारी युवाभन्दा बाहिरी तत्वहरूको षड्यन्त्रपूर्ण गतिविधि हो भन्ने स्पष्ट तथ्य हामीसँग छ ।’

आज कार्यपालिका बैठक बसेर नगरवासीलाई अत्यावश्यक सेवाहरू निरन्तरता दिने उपायबारे निर्णय भइरहेको बताउँदै उनले सबै नगरवासीलाई धैर्यपूर्वक साथ दिन आग्रह गरेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।