जेनजी आन्दोलनका क्रममा आगो लगाएर ध्वस्त पारिएको वडा कार्यालय पुनर्निमाणमा सहयोग गर्ने सङ्घ संस्थालाई सम्मान गरिएको छ।

पोखरा महानगपालिका वडा नं -१५ ले गत भाद्र २४ गते आगो लगाएर ध्वस्त बनाइएको पोखरा-१५ को कार्यालय पुनर्निर्माणमा सहयोग गर्ने सङ्घ संस्थालाई शुक्रवार सम्मान तथा धन्यवाद ज्ञापन गरेको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष तोरण बानियाँले आन्दोलनले क्षति पुर्याएको संरचना पुनर्निर्माणका लागि सहयोगको अपिल गरेको छोटो समयमै स्वतःस्फूर्त रूपमा धेरै व्यक्ति, संस्था, तथा समूह जोडिन आएको बताए। उनले सहयोगीहरूको सहयोगमा ५ दिनमै वडा कार्यालयलाई पुरानै अवस्थामा ल्याई सेवाग्राहीको सेवामा लागिसकेको र आगामी दिनमा अझ सेवा प्रवाहमा चुस्तता थपिने बताए।

कार्यक्रममा विभिन्न २५ वटा सहयोगी सङ्घ संस्थालाई सम्मान स्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो। भने वडा सचिव युवराज पौडेलले सहयोगी संस्थाहरूको नाम वाचन गरेर सुनाएका थिए।














