पोखरा, २३ कात्तिक ।

गुन्जन नेपालको अध्यक्षमा सवनम शर्मा निर्विरोध निर्वाचित भएकी छन । सस्थाको ९औ साधारण सभा एवं चौथो अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
सस्थाको उपाध्यक्षमा प्रमिला तझ्या, सचिबमा लक्ष्मीराज सिलवाल र कोषाध्यक्षमा नाजवुन निशा खान निर्वाचित भएका छन ।
यसैगरी सदस्यहरुमा माया गुरुङ मनाङी, स्वेच्छा हमाल र सुमित्रा गायक चयन भए भने सल्लाहकारमा निवर्तमान अध्यक्ष अधिवक्ता जुना कुमारी गुरुङ छन ।
यसअघि साधारण सभा तथा अधिवेशनको उद्घघाटन गर्दै मानव अधिकार आयोग नेपाल क्षेत्रीय कार्यालय पोखराका प्रमुख नितु गर्तौलाले नाम जस्तै मानव अधिकारका सवालमा गुन्जिरहन सकोस भन्दै शुभकामना दिइन । उनले महिलाका अधिकारका सवालमा पुरुष सरह समानता हुनु पर्नेमा जोड दिइन ।
सस्थाका अध्यक्ष अधिवक्ता गुरुङले समाज परिवर्तन गर्न आफैबाट केही गर्नु पर्छ भन्ने धेयकासाथ विभिन्न संघसस्थामा आवद्द ब्यक्तिहरु मिलेर स्थापना गरिएको सस्थाले मानव अधिकार र महिला अधिकारका लागि काम गर्दै आएको बताइन ।
कार्यक्रममा तमु धि नेपालका प्रथम महिला उपाध्यक्ष गिमाया गुरुङ , शान्तिका लागि नागरिक सन्जाल अध्यक्ष विना सिलवाल , नेपाल रेडक्रस कास्की कार्यालय प्रमुख बबिता सुवेदी काफ्ले, गैसस महासङ गण्डकी अध्यक्ष इन्दिरा पौडेल, अपाङ्ग महासङ गण्डकी अध्यक्ष हेम बहादुर गुरुङ, फेडो गण्डकी अध्यक्ष सुमित्रा गायक , साथी नेपालका अध्यक्ष दिलिप ध्वज , मुस्लिम समुदायको तर्फबाट नाजवुन निशा खान, उच्च वार एसोसिएसन महिला समितिको अध्यक्ष अधिवक्ता इश्वरी पौडेललगायतले बोलेका थिए ।
२०६३ सालमा स्थापना भएको सस्थाले महिला अधिकार , दलित, अपाङ्गता, आदिवासी, जनजाति , मुस्लिम , सिमान्तकृत समुदायलगायतको आवाज उठाउने र मानव अधिकारका सवालमा काम गर्दै आएको छ ।














