२०८३ असार १६ मंगलवार
२०८३ असार १६ मंगलवार

एमाले प्रचार प्रमुखको सुझाव- पार्टी सदस्यता चकलेट होइन, बालबालिकालाई शिक्षा र संस्कार दिनुस्

काठमाडौं ।
नेकपा एमालेका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले सत्तारुढ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको नेतृत्वले बालबालिकालाई पार्टी सदस्यता दिनु देशको संविधान, कानुन र अन्तर्राष्ट्रिय अभिसन्धि विपरीत भएको टिप्पणी गरेका छन् ।

उनले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन र अन्तर्राष्ट्रिय अभिसन्धिले १८ वर्षमुनिका नाबालकलाई पार्टी सदस्य बनाउन पूर्ण निषेध गरेको भन्दै ‘बाल कार्यकर्ता’ उत्पादन नगर्न भनेका हुन् । अरुलाई अर्ती दिने, आफू नसच्चिने प्रवृत्तिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नेतृत्व ग्रस्त छ । हालै सम्पन्न महाधिवेशनका दस्तावेज अध्ययन गर्दा उनीहरुको राजनीतिक दिवालियापन प्रष्ट भएको हो ।

महाधिवेशनमा महामन्त्री कवीन्द्र बुर्लाकोटीले पेश गरेको सांगठानिक प्रतिवेदनमा प्रस्तुत तथ्यांकले कानुनकै धज्जी उडाएको देखियो। ​पार्टीका कुल ५,२३,४६५ सदस्यमध्ये ३५,२५७ जना त १८ वर्षमुनिका बालबालिका मात्रै रहेछन् ।उक्त पार्टीका नेताहरुले बुझ्नुपर्ने कुरा हो कि, ​चकलेट र सदस्यता फारम उस्तै होइन ।

संख्या ठूलो देखाउने होडबाजीमा बालबालिकाको भविष्यसँग खेलवाड गरिनु हुँदैन । घण्टी बजाउनुस्, तर देशको कानुनको परिधिभित्र बसेर। बालबालिकालाई राजनीति होइन, राम्रो शिक्षा र संस्कार दिनुस् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।