२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

उज्यालो नेपालको अध्यक्षमा कुलमान घिसिङ नियुक्त

काठमाडौं,२६ पुस ।

उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त हुनुभएकाे छ। पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले राजीनामा दिएपछि शनिबार बसेको केन्द्रीय सदस्यहरूको बैठकले घिसिङलाई अध्यक्षको जिम्मेवारी दिएको हो।

नवनियुक्त अध्यक्ष घिसिङले आफूले आजै पार्टीको सदस्यता लिएको र सोही बैठकबाट अध्यक्षको जिम्मेवारी पाएको जानकारी दिए। बैठकले यसअघि गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग गरिएको एकता भंग गर्ने निर्णयसमेत गरेको छ।

पार्टीले रास्वपामाथि सहमति कार्यान्वयन गर्न नचाहेको आरोप लगाउँदै एकता तोड्ने निर्णय गरिएको जनाएको छ।

उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान

उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको चुनाव चिह्नबाट सहभागी हुन चाहनेलाई उम्मेदवारी आह्वान गरेको छ ।

यही पुस ३० गतेभित्र इच्छुक उम्मेदवारलाई सम्पर्क गर्न सो पार्टीले आह्वान जारी गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिए । रास्वपासँग एकताको सहमति गरेको उज्यालो नेपाल पार्टीले शनिबार एकता भाँडिएपछि यस्तो आह्वान गरेको हो ।

समानुपातिकतर्फ भने यो पार्टीबाट सहभागीता नहुने भएको छ । आयोग पदाधिकारीका अनुसार, समसीमाभित्र आएको सूची फिर्ता भइसकेको र अहिलेको अवस्थामा सो पार्टीका सदस्यहरू रास्वपाको सूचीमा देखिएको छ ।

जस अनुसार, उनीहरू समानुपातिकमा छुट्ने देखिन्छ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।