२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

जागरुक नागरिक समाजको अध्यक्षमा थापा सर्वसम्मत

पोखरा, २७ पौष ।

पोखरा महानगरपालिका–२६ मा रहेको जागरुक नागरिक समाज कास्कीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले रमेश थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नयाँ कार्यसमितिमा सचिव सन्तोष सुवेदी, कोषाध्यक्ष डिल्लीरमण भण्डारी, सह सचिव माधव पौडेल चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा शिवकुमारी सुवेदी, पारस वास्तोला, सीता बस्ताकोटी, बन्दना शाह,बालकृष्ण गौतम,महेन्द्रप्रसाद सुवेदी,भैरवलाल श्रेष्ठ,पार्वती तिवारी,ध्रुवराज पौडेल र रामेश्वर अधिकारी रहेका छन् ।

कार्यक्रमको उद्घघाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशकी प्रमुख नितु गर्तौलाले जागरुक नागरिक समाजले समुदायमा सकारात्मक चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको धारणा राखिन्।

समाजका अध्यक्ष रामहरी ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव अधिकारकर्मी विष्णुप्रसाद बराल लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बास्तोला, प्रदेश सरुवा रोग अस्पताल अध्यक्ष ऋषि जमरकट्टेल,साविक लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिकराम पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन सचिव सवित्री भट्टराईलेतथा उपाध्यक्ष जगन्नाथ तिमिल्सेनालेस्वागत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक रविन्द्रमोहन अधिकारीले सपथ ग्रहण गराएका थिए ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।