२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

निर्वाचन आउन ४५ दिन बाँकी : आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाण्डौँ, ०५ माघ ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार (आज) देखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ ।

निर्वाचन आउन ४५ दिन बाँकी रहँदा आयोगले चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता कार्यान्वयनमा ल्याएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उक्त आचारसंहिता नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ । आयोगबाट अर्को सूचना जारी नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई यो आचारसंहिता बाध्यकारी हुनेछ ।

नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र तिनका पदाधिकारी, स्थानीय कार्यपालिका र तिनका सदस्यहरूलाई आचारसंहिता लाग्नेछ ।

यस्तै, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय तथा सुरक्षाकर्मी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी, राजनीतिक दल तथा तिनका भ्रातृ संगठन आचारसंहिताको दायरामा रहनेछन् ।

उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरेको व्यक्ति र अनुगमन समितिका पदाधिकारीलाई पनि आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।

यसैगरी पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा तिनका शिक्षक र कर्मचारी पनि आचारसंहिताको परिधिभित्र पर्नेछन् ।

मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक क्षेत्र र तिनका कर्मचारीलाई पनि पूर्ण रूपमा आचारसंहिता लाग्नेछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।