२०८२ माघ २४ शनिबार
२०८२ माघ २४ शनिबार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

पोखरा, ०५ माघ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न निर्वाचन आयोगले पत्राचारसमेत गरेको थियो ।  

राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईं सोमबार कार्यक्रमका लागि पोखरा आएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंको मानिस पक्राउ गरी उपस्थित गराइदिन पठाएको पत्रानुसार कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नो पक्षमा पारेको भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले सामाजिक सञ्जालमा पनि यो भिडियो पोस्ट गरेका थिए । राजसंस्था पुनर्स्थापना गर्ने भन्दै आन्दोलनका नेतृत्व गरेका प्रसाईँ तिन कुने घटनामा पक्राउ परेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।