पोखरा, ०५ माघ ।

आजदेखि पोखरा १५ कार्यालयकाे आयोजनामा चौथो संस्करणकाे बृहत् खेलकुद महोत्सवको सुरु भएको छ । माघ १० गतेसम्म चल्ने खेलकुद महोत्सवको उदघाटन गर्दै पोखरा महानगरपालिकामा मेयर धनराज आचार्यले यस्ता प्रतियोगिताले वडा स्थरबाट नै खेलाडीहरु उत्पादन गर्न मदत पुग्ने बताए ।
पोखरा १५ वडाले र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडिहरु जन्माएको बताए । उनले महानगरले शिक्षा , स्वास्थसगै खेलकुदलाई पनि विशेष प्राथमिकतामा राखेको बताए ।

वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानका साथै वडा स्थित विभिन्न सङ्घसंस्थाका खेलकुद स्थलमा प्रतियोगिता सञ्चालन हुने वडा अध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिए । १७ वटा इभेन्टमा प्रतियोगिता हुने र ५ लाख ८८ हजारभन्दा बढि रकमकाे पुरस्कार वितरण गरिने वडाध्यक्ष बानियाँले बताए ।
महोत्सवमा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर बास्केटबल, रस्साकस्सी, दौड, ह्वीलचेयर दौड साइक्लिङ, युनी हक्की लगायतका खेलहरुमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन अघि बाजागाजा सहित झाकीसहितको र्याली निकालिएको महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीले जानकारी दिए ।














