२०८२ चैत्र १९ बिहीबार
२०८२ चैत्र १९ बिहीबार

चिलीमा वन डढेलोमा परी मृत्यु हुनेको संख्या १८ जना पुग्यो, ३ सय घर ध्वस्त

एजेन्सी, ०५ माघ  । 

चिलीका राष्ट्रपति ग्याब्रिएल बोरिकले देशको मध्य–दक्षिणी क्षेत्रमा विनाश निम्त्याइरहेको वन डढेलोका कारण मृत्यु हुनेको संख्या १८ जना पुगेको बताउनुभएको छ ।

उहाँले मृतककाे संख्या अझै बढ्ने सम्भावना रहेको समेत बताउनुभएकाे हाे । सान्टियागोबाट करिब ५ सय किलोमिटर दक्षिणमा रहेको बायोबियो क्षेत्रको कन्सेप्सनमा संचारकर्मीसँग कुरा गर्दै बायोबियोमा मात्रै करिब ३ सय घरहरू ध्वस्त भएकाे समेत बताउनुभयाे । अन्तिम क्षति १ हजार भन्दा बढी घरमा हुनसक्ने चेतावनी दिइएको छ ।

पेन्को, नासिमिएन्टो र लाजा जस्ता नगरपालिकाहरूमा कर्फ्यू आदेश जारी गरिएको छ । राष्ट्रिय वन निगमकाअनुसार हाल १४ वटा डढेलो रेड अलर्ट अन्तर्गत सक्रिय छन् । देशैभरी २४ हजार हेक्टर भन्दा बढी क्षेत्रफल डढेलोले सखाप पारेको हाे ।

राष्ट्रपति बोरिकले याे विपदकाे सामना गर्न नुब्ले र बायोबियो क्षेत्रमा संकटकालको घोषणा समेत गर्नुभएकाे छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।