काठमाण्डौँ, ०९ माघ ।
गोरखा आज मिति २०८२/१०/९ डा. बाबुराम भट्टराईले गर्य आफ्नो प्रतिनिधि सभा सदस्यको उम्मेदवारी फिर्ता गरेका छन्।
डा. बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवार फिर्ता लिँदै नेपाली कमयुनिस्ट पार्टी (नेकपा) बाट सोही क्षेत्र बाट उम्मेदवार दिएका लेखनाथ न्यौपानेलाई सघाउने भएपछि उम्मेदवारी फिर्ता लिनु भएकाे छ । लेखनाथ न्याैपाने सदनमा जानुपर्छ भनेर डाक्टर भट्टराइले आफ्नी मनाेनय फिर्ता लिनु भएकाे हाे ।
प्रखरवक्ता न्याैपाने उच्च नैतिक धरालत भएका नेताको रूपमा गाेरखामा परिचित छन् । न्याैपानेले प्रतिनिधिसभाकाे टिकट पाएसँगै पालुङटार नगरपालिका, गाेरखा नगरपालिका, सिरानचाेक गाउँपालिका, अजिरकाेट गाउँपालिका र बारपाकसुलिकाेट गाउँपालिका भित्रका मतदाताहरू खुशी भएका छन् ।
















