२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

पोखरामा चैत ११ देखि वाडा अटो सो हुने

पोखरा, ०९ चैत ।

पोखरामा पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसियसन ९वाडा० को आयोजनामा चैत ११ गतेदेखि वाडा अटो सो हुने भएको छ ।अटोमोवाइल एशोसियसन अफ नेपाल ९नाडा० को प्रस्तुतीमा चैत १५ गतेसम्म चल्ने दोस्रो संस्करणको अटो सोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

उक्त शो लेकसाइड, तालबाराहीचोक स्थित खेल मैदानमा हुने वाडाका अध्यक्ष दीपेन्द्र कोईरालाले जानकारी दिए । अटो सोमा २० वटा स्टलहरु रहने छन् । जसमा १६ ब्राण्डका चार पाङग्रे, ६ वटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्राण्डका २ पांग्रे, एउटा हेभी कमर्सियललगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र अन्य एसेसरिजहरुका स्टल रहने अध्यक्ष कोइरालाले बताए । अटो सो एम्पेयर, एथर, अक्वेल, बिवाईडी, चेरी, वान्डा, चेतक, दीपाल, डोन्फेङ, फर्थिङ, ग्यारो, हुण्डाई, कामा, किया, लिप मोटर, म्याक्सस, एसएमएल ईसुजु, सुजुकी, टाटा, टिभिएस, एक्सप्रेस–टी, यामाहा, जोन्टेसलगायतका प्रख्यात ब्राण्डका सवारीहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिने आयोजकले जनाएको छ ।

अटो शो को अवसरमा कम्पनीहरुले ५० हजारदेखि एक लाखसम्म छुट दिने वाडाका महासचिव विनय थापाले जानकारी दिए । उक्त अवसरमा भिन्टेज कार प्रदर्शनीमा राखिने जनाइएको छ । बतास ब्रदर्सका सञ्चालक आनन्दराज बतासको विशेष सहयोगमा ४० वर्ष पुराना करीब १० वटा गाडीहरु प्रदर्शनीमा राखिने अध्यक्ष कोइरालाले बताए । त्यसबाहेक रोवोट प्रदर्शनीलगायत पनि अटो सो को आकर्षणका रुपमा रहने उनको भनाई छ ।

प्रवेशका लागि एक सय रुपैयाँको टिकट काट्नुपर्नेछ भने विद्यार्थीलाई ५० प्रतिशत सहुलियत छुट दिईने वाडाका वरिष्ठ उपाध्यक्ष तथा संयोजक शिव श्रेष्ठले बताए । पछिल्लो समय डिजेल, पेट्रोलबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधनको बिक्री बढी हुने गरेको वाडाका उपाध्यक्ष विनय केसीले जानकारी दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।