२०८२ चैत्र १० मंगलवार
२०८२ चैत्र १० मंगलवार

चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपको तयारी पुरा

पोखरा, ०९ चैत ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा यही चैत ११ देखी १४ गतेसम्म हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले, खेलकुदको विकाससँगै गाउँपालिकाभित्रको पर्यटन प्रवर्द्धनका लागि अध्यक्ष कप आयोजना गरिएको बताए । गुरुङले सोमवार सम्म पुरुष तर्फ १६ र महिला तर्फ ८ गरी २४ समूह सहभागिताका लागि समर्पकमा आएको बताए । उक्त अवसरमा गुरुङले प्रतियोगितामा सहभागी हुन चैत्र १० गते सोमवार दिनको ठिक ३ बजे भित्र टिम दर्ता गरिसक्नुपर्ने भएकाले उक्त दिन सम्म सहभागिताकाको सङ्ख्या बढ्ने अनुमान गरिएको समेत उल्लेख गरे । गाउँपालिकाले खेलकुदको महत्वलाई बुझेको छ र आगामी दिनमा पनि निरन्तर रूपमा आयोजना गर्ने योजना बनाएको सम्मेलनमा जनकारी दिए ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितिय पुरस्कार १ लाख र ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु २५÷२५ हजार रहेको छ । महिला तर्फ प्रथम पुरस्कार ६० हजार ,द्धितिय पुरस्कार ३० हजार ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु १५÷१५ हजार रहेको छ । त्यसैगरी ११ गते हुने पुरुष छेलो तर्फ प्रथम पुरस्कार नगद रु १० हजार ,द्धितिय पुरस्कार नगद रु ५ हजार, तृतीयलाई नगद रु २ हजार र सान्त्वनालाई नगद रु १ हजार रहेको छ । पुरुष छेलो तर्फ पनि निःशुल्क दर्ता गर्न सकिने छ ।

गाउँ पालिकाकी उपाध्यक्ष सिता अधिकारीका अनुसार यस वर्ष महिला तथा पुरुष भलिबल प्रतियोगिता सँगै पुरुष छेलो पनि समावेश गर्ने भएकोले प्रतियोगितामा अझै बडी रौनकता थपिने जानकारी दिइन् । कार्यक्रममा “महिला तर्फको पुरस्कार राशि कम भएको हो कि रु” भनेर पत्रकारले सोधिएको प्रश्नमा अधिकारीले, विगतका वर्षमा महिला भलिबल प्रतियोगितामा अपेक्षित समूहको सहभागिता पर्याप्त नभएको हुँदा यस वर्ष पुरानो पुरस्कार राशिलाई केही घटाइएको बत्ताइन । उक्त घटाइएको राशिलाई नयाँ विधा पुरुष छेलो तर्फ व्यवस्थापन गरिएको समेत उल्लेख गरिन ।

माछापुच्छ्रे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले प्रेस वक्तव्य प्रस्तुत गर्दै ,गाउँपालिकाभित्र आयोजना गरिने विभिन्न कार्यक्रमहरू मध्यकै ठुलो राशिको पुरस्कार राखिएको कार्यक्रम अध्यक्ष कप भएको बताए । चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगितामा बडी भन्दा बडी सहभागिता जनाउने लक्ष्यका साथ टिम शुल्क निःशुल्क गरेको र सम्बन्धित खेलाडीहरूमा पत्रचार तथा विभिन्न प्रचार प्रसारको माध्यम बाट सूचना प्रवाह गरिएको जानकारी दिए । उक्त प्रतियोगितामा सहभागी हुने खेलाडी र टोलीहरूले उत्साहका साथ प्रतिस्पर्धा गर्ने विश्वास समेत व्यक्त गरे ।

माछापुच्छ्रे–४, लाहाचोकका वडा अध्यक्ष मधुसूदन अधिकारीले उक्त प्रतियोगिताले लाहाचोक सँगै गाउँपालिका क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै खेलकुद क्षेत्रको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे। त्यसै गरी, व्यवस्थापकीय पक्षतर्फ खेलमैदानको मर्मत सम्भारदेखि लिएर प्रतियोगिता अवधिभर हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै खेलाडी तथा दर्शकको सुरक्षाका लागि एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षा व्यवस्थापन तथा स्वयंसेवक परिचालन समेत गरिएको जानकारी दिए ।

पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर, उदयमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरस्कार प्रदान गरिने छ । पुरुष भलिबल खेलमा पालिका भित्रको जनसुकै तह र स्तरका खेलाडीहरू समावेश गर्न पाइनेछ । महिला भलिबल खेलमा राष्ट्रिय खेलाडी १ जना समावेश गर्न सकिने माछापुच्छ्रे« गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव हुम् बहादुर गुरुङले जानकारी दिए ।

माछापुच्छ्रे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सामाजिक विकास समिति संयोजक एवं वडा न।९ का अध्यक्ष हरि बहादुर क्षेत्री ९राजेन्द्र०ले र सञ्चालन खेलकुद विकास समितिका सदस्य सचिव हुम् बहादुर गुरुङ गरे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।