काठमाडौँ। विषाक्त मदिरा सेवनका कारण कुवेतमा ७ नेपाली श्रमिकहरुको मृत्यु भएको छ। भने घटनामा केही श्रमिकहरु अस्पतालमा भर्ना भएका छन।

विषाक्त मदिरा सेवनका कारण यस्तो घटना घटेको कुवेत प्रहरीको प्रारम्भिक रिपोटले देखाएको छ। हाल सम्म ७ जनाको मृत्यु भएको र थप केही नेपाली श्रमिक बिरामी परे पश्चात अस्पताल भर्ना गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेलले जानकारी दिनुभयो ।
प्रवक्ता पौडेलका अनुसार हालसम्म करिब ३५ जना नेपाली श्रमिकको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनिहरुको उपचारमा कुनै कमी हुन नदिन मन्त्रालयले त्यहाँ स्थित कुवेत सरकार, स्वास्थ्य मन्त्रालय र स्थानीय प्रहरीसँग कुवेतस्थित नेपाली दुतावास मार्फत समन्वय गरिरहेको प्रवक्ता पौडेलले बताउनु भयो ।













