२०८२ फाल्गुन ३० शनिबार
२०८२ फाल्गुन ३० शनिबार

नेपाल आउने विदेशी पर्यटक अब ट्रयाकिङमा

काठमाडौं । सरकारले अब नेपाल आउने विदेशी नागरिकको ट्र्याकिङ सुरु गरेको छ ।

अध्यागमन विभागले सुरक्षा, सूचना आदानप्रदान, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले यो प्रणाली विकास गरेको जनाएको छ।

विभागका अनुसार प्रणाली कार्यान्वयनबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास, गतिविधि र प्रस्थानको व्यवस्थित अभिलेख राख्न सकिनेछ । यसले आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षा सुनिश्चित गर्न सहज हुने विश्वास अध्यागमनको छ ।

साथै, सुरक्षा निकाय, पर्यटन व्यवसायी र सरोकारवाला अन्य निकायबीच सूचना आदानप्रदान प्रभावकारी हुने र पर्यटन क्षेत्रको सुरक्षित तथा व्यवस्थित विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो प्रणाली पहिलो चरणमा असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटेलहरूमा अनिवार्य लागु गरिने विभागले जनाएको छ । दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटेल, विमान कम्पनी, टूर्स एण्ड ट्राभल्स कम्पनी र मनी एक्सचेन्जरहरूमा, त्यसपछि क्रमशः सबै प्रकारका होटेल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट सेवा प्रवाहमा लागु गरिनेछ।

अध्यागमन विभागले सबै विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था तथा निजी कम्पनीलाई प्रणालीमा अनिवार्य रूपमा आवद्ध हुन अनुरोध गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।