२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

निषेधाज्ञा र कर्फ्यु हट्यो, जनजीवन लयमा फर्कदै

पोखरा, २८ भदौ ।

आज भदौ २८ गते बिहान ९:०० बजे देखि कास्की जिल्लामा निषेधाज्ञा र कर्फ्यु हटाइएको छ । जिल्ला सुरक्षा समितिले निर्णय गरेर आज बिहान ९ बजेदेखि लागू हुनेगरि कफ्र्यू तथा निषेधाज्ञा हटाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

नयाँ सरकार गठन भएसँगै देशैभर जनजीवन सामान्य बन्न थालेको छ । भदाै २३ काे आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा पनि हटेको छ । ललितपुर र भक्तपुरमा भने कायमै छ ।

भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ । कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न जिम्मेवारी समेत दिइएकाे छ ।

उनको नेतृत्वमा गठिन सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि निर्वाचन सम्पन्न गराउनेछ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।