काठमाडौं , २८ भदौ ।

नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मात्रै पदभार ग्रहण गर्ने भएकी छन् । हिजाे शपथग्रहण कार्यक्रम सकिएपछि तत्कालै पदभार ग्रहण गर्ने तयारी भए पनि ढिलो गरेर शपथग्रहण सम्पन्न भएकाले सोही दिन पदभार ग्रहण गर्न नसकिएको हो ।
शुक्रबार राति शपथपछि प्रधानमन्त्री कार्की आफ्नै निजी निवास गएकी छन् । जेनजी आन्दोलनकारीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा क्षति पुर्याएपछि तत्काल बस्न सक्ने अवस्था नभएकाले उनी निजी निवासमै बसिरहेकी हुन् ।
सरकारी निवासको व्यवस्थापन नहुँदासम्म कार्की निजी निवासमै बस्ने छन् ।















