काठमाडौं , २८ भदौ ।

नेपालमा नयाँ सरकार गठनको संयुक्त अधिराज्य बेलायतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै बेलायतले स्वागत गरेको हो ।
कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत गत हप्ताको घटनाक्रमपछि नेपालले महत्वपूर्ण कदम लिएकाे उल्लेख गरेको छ ।
साथै बेलायतले नेपाल सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकांक्षालाई समर्थन गर्ने जनाएको छ ।















