२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

हिमालय बचतद्धारा वार्षिकोत्सवमा खल्ला रक्तदान कार्यक्रम

पोखरा, ५ असोज ।

हिमालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको १३ औं वार्षिकोत्सवको अवसरमा आइतबार अयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४० जना रक्तदाताले रक्तदान गरेको संस्थाका उपाध्यक्ष चन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरका प्रवक्ता एवम् पोखरा महानगर पालिका वडा नं. २५ का वड अध्यक्ष मोतिलाल तिम्सिनाले रक्तदानले रगत अभावलाई परिपूर्ति गर्ने बताए ।

हिमालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मेघराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा कास्की बचत संघका सचिव मिनराज तिमिल्सिना, हेमजा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र त्रिपाठी, हिमालय बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार माधाव शरण पौडेल, शिक्षा समिति संयोजक दिपक त्रिपाठी, सचिव भरतराज अधिकारीले बोलेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।