२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

बजेट काटिए पनि काम भइरहेका आयोजनालाई अर्थले निरन्तरता दिने

काठमाडौं ,

बजेट काटिए पनि काम भइरहेका र अत्यावश्यक आयोजनालाई अर्थ मन्त्रालले निरन्तरता दिने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले टुक्रे आयोजना कार्यान्वनय नगर्ने र खर्च कटौती गर्ने नीति लिएपछि रोकिएका आयोजना अत्यावश्यक भएको अवस्थामा र काम भइसकेकालाई पूरा गर्नुपर्ने भएको हो । अर्थसचिव घनश्याम उपाध्यायले अर्थले परिपत्र गरेर कटौती भएका आयोजनाको जानकारी सबै मन्त्रालयलाई दिइसकेको उल्लेख गरे ।

सम्बन्धित मन्त्रालयले अब रोक्न नमिल्ने र काम पूरा गर्नुपर्ने अत्यावश्यक आयोजना छन् भने त्यसलाई निरन्तरता दिन आग्रह गर्छन्, सोही अनुसार अर्थले कार्यान्वयन आदेश दिने उनको भनाइ छ ।कटौती भएका आयोजनाबारे सबै भन्त्रालयलाई जानकारी दिइसकिएको छ,’ उनले भने, ‘बजेट काटिए पनि त्यसअघि नै काम भइरहेका र अन्तिम चरणमा पुगेकालाई पूरा गर्ने व्यवस्था हुनेछ ।’ अर्थ मन्त्रालयले परिपत्र गरेर मापदण्ड तोकेको र केही आयोजनाको भने नाम नै किटान गरेर पत्र पठाएको छ । अर्थको पत्रपछि सम्बन्धित मन्त्रालयले आयोजना कार्यान्वयन गर्ने विभाग तथा सम्बन्धित महाशाखाहरुबाट विवरण संकलन गराउँदैछन् ।बजेट कार्यान्वयन गर्ने निकायले अत्यावश्यक आयोजना र काम रोक्दाभन्दा सकाउँदा लाभ हुनेको सूची तयार पार्दै छन् ।

सम्बन्धित मातहतका निकायबाट आयोजना छनोटको काम भइरहेको र एक दुई दिनभित्रै कम्पाइल गरेर अर्थ मन्त्रालय पठाउने तयारी भएको पनि सम्बन्धित मन्त्रालयको भनाइ छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।