काठमाडौँ,

दक्षिणी फिलिपिन्समा शुक्रबार बिहान आएको ७.६ म्याग्निच्युडको भूकम्पबाट २ जनाको मृत्यु भएको पुष्टी भएको छ ।१० दिन अघि अर्थात सेप्टेम्बर ३० मा पनि फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । जसमा ७४ जनाको मृत्यु भयो । भुकम्पबाट घर,भवनहरु र पुलमा क्षति पुगेको छ । स्थानिय अधिकारीहरुका अनुसार क्षतिको पुर्ण विवरण आइसकेको छैन् । शुक्रबारको भूकम्प दाभाओ ओरिएन्टल प्रान्तको माने सहरबाट करिब ६२ किलोमिटर दक्षिणपूर्वमा समुद्रभित्र १० किलोमिटरको गहिराइमा आएको थियो ।














