२०८२ चैत्र २८ शनिबार
२०८२ चैत्र २८ शनिबार

धनकुटामा ट्रक दुर्घटना, २ जना गम्भीर घाइते

काठमाडौं,

धनकुटामा ट्रक दुर्घटना हुदाँ २ जना घाइते भएका छन् । धनकुटाबाट मुलघाटतर्फ आउँदै गरेको प्र.३-०१-००३क ६९०६ नम्बरको मिनि ट्रक आइतबार राति २ बजे धनकुटा नगरपालिका ९ पाँच गोलाईमा दुर्घटना भएको हो । ट्रकका चालक उदयपुरको उदयपुरगढी गाउँपालिका- ५ बस्ने २६ वर्षीय नारायण खड्का र सहचालक उदयपुरकै रानीटारका २० वर्षीय दिनेश कार्की घाइते भएका छन् । उनीहरु दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ट्रक सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकाहरू लाइ  सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेश मुलघाटबाट खटिएको टोली र प्रहरीको टोलीले उद्धार गरेको थियो । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।