२०८२ माघ २४ शनिबार
२०८२ माघ २४ शनिबार

कर्तव्य ज्यान सम्बन्धी मुद्दामा १ जना मानिस पक्राउ

पोखरा, ०८ कात्र्तिक ।

मिति २०८२।०७।०८ गते विहान अं.०३:०५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ५ चिल्डेल पार्क नजिकै ऐ.ऐ बस्ने बर्ष ४५ को अनिल पराजुली अचेत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई गई घाईतेलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएकोमा ऐ.०३:४० बजे चिकित्सकद्धारा मृत घोषणा गरेको । घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १८ सराङकोट घर भई ऐ. ५ मालेपाटन बस्ने वर्ष २४ को किशोर तिमिल्सिना र निज मृतक अनिल पराजुली वीच सामान्य बादबिबाद हुँदा चक्कु प्रहार भएको भन्ने खुल्न आएको हुँदा निज चक्कु प्रहार गर्ने व्यक्ति किशोर तिमिल्सिनालाई घटनामा प्रयोग भएको १ थान चक्कु सहित पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।