२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

राष्ट्रिय माविमा परिवार नियोजन संघको अभियान

पोखरा, १८ कात्तिक ।

नेपाल परिवार नियोजन संघ कास्की शाखाले मंगलबार पोखरा महानगरपालिका वडा नं १ स्थित राष्ट्रिय माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ ।

संघले किशोर किशोरी तथा युवालाई लक्षित गरी विद्यालय र कलेजमा अभियान संचालन गर्ने योजना अनुसार राष्ट्रिय माविमा कार्यक्रम गरिएको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १ का वडा सदस्य रामजी प्रसाद पौडेलले स्थानीय सरकारले ध्यान दिन नसकेको कार्यक्रममा संघले गरेको योगदान महत्वपूर्ण भएको बताउनुभयो ।

राष्ट्रिय माविका प्रधानाध्यापक इश्वरी प्रसाद सापकोटाले किशोर किशोरी तथा युवाका लागि अत्यन्त उपयोगी कार्यक्रम विद्यालयमा आएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले संचालन गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।