२०८३ बैशाख १३ आईतवार
२०८३ बैशाख १३ आईतवार

पोखरामा नव निर्मित भैरव मन्दिरमा भैरवाष्टमीको दिनदेखि दर्शन/पूजन शुभारम्भ हुने

पोखरा, २१ कात्तिक ।

पोखराको भैरबटोलमा नव निर्मित भैरव मन्दिरमा यही कार्तिक २६ गते (भैरवाष्टमीको दिन) दिउँसो २ बजेबाट दर्शन/पूजन शुभारम्भ हुने भएको छ ।

मन्दिरमा श्री कालभैरवको प्रस्तर प्रतिमा स्थापना गरी तान्त्रिक विधिबाट प्राण प्रतिष्ठा सम्पन्न गरिनेछ । सोही अवसरमा भैरवाष्टमीको दिन भक्तजन, दाता तथा समुदायका सबैलाई दर्शन सहितको पूजनमा सहभागी हुन श्री भैरब साँस्कृतिक संरक्षण समितिले आह्वान गरेको छ ।दर्शनार्थीहरूका लागि मन्दिर कार्तिक २७ गतेदेखि प्रत्येक दिन विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म खुला रहनेछ । 

भैरव साँस्कृतिक संरक्षण समितिले काठमाण्डौ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृतिको पोखरामा संरक्षणका क्रममा मन्दिर निर्माणको पहल गरेको अध्यक्ष तीर्थमान प्रधानाङ्गले जानकारी दिनु भयो । समितिका अनुसार पोखरामा नेवार समुदायको आगमनसँगै उपत्यकाको सांस्कृतिक परम्परा जस्तै गण नृत्य (बाह्र भैरव नृत्य), भजन तथा नेवारी अनुष्ठान—लाई निरन्तरता दिँदै आएको छ ।समितिको २०७३ फागुन ७ गते सम्पन्न ४० औं साधारण सभाले भैरव नृत्यका प्रमुख पात्र कालभैरवको पूजा–आराधना गर्नका लागि मन्दिर निर्माणको निर्णय गरेको सचिब तीर्थ श्रेष्ठले बताउनु भयो।

 सोही निर्णयअनुसार २०७६ जेठ ३ गते पोखरा महानगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर जिसीले मन्दिरको शिलान्यास गर्नु भएको थियो ।कुल अनुमानित लागत रु. २ करोड ६ लाख ९१ हजार ८९५ रहेको मन्दिर निर्माणमा अहिलेसम्म रु. १ करोड ७० लाख ८८ हजार ६१५ खर्च भइसकेको समितिले जनाएको छ ।

मन्दिर निर्माणका लागि विभिन्न दाताहरूबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएको समितिले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।