२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

पोखरा १५ द्वारा किसानलाई सहुलियतपूर्ण बिउ बिजन तथा मल वितरण 

पोखरा, कार्तिक-२३

पोखरा महानगरपालिका वडा नं -१५ ले ५० प्रतिशत अनुदानमा किसानलाई कृषि सामग्री वितरण गरेको छ। वडाको नीति तथा कार्यक्रम अन्तर्गत वडामा स्थायी रूपमा बसोबास गर्ने कृषकहरूलाई लक्षित गर्दै बिउ बिजन तथा प्राङ्गारिक मल वितरण गरेको हो। 

वडाध्यक्ष तोरण बानियाँले स्थानीय किसानको हितलाई ध्यानमा राख्दै सहुलियतमा बिउ बिजन तथा मल वितरण गरिएको बताए। उनले आफू निर्वाचित भएर आए देखिनै सहुलियत रूपमा बिउ बिजन वितरण कार्यलाई निरन्तरता दिइएको भन्दै यस वर्ष पनि चार हजार किलो आलुको बिउ, विभिन्न प्रजातिका तरकारीका बेर्ना र प्राङ्गारिक मल वितरण गरिने बताए। 

यस्तै, कार्यपालिका सदस्य मन्दिरा परियारले वडाले सहुलियतमा दिएको बिउ बिजन लिन वडावासी किसानको उत्साहपूर्ण सहभागिता रहेको बताइन्। उनले विशेष गरी आलुको बिउ लिन आउने कृषकको सङ्ख्या उल्लेख्य रहेको जानकारी दिँदै यस्ता कार्यक्रमले वडा र किसानलाई जोड्ने बताइन्।

उनका अनुसार सहुलियतको बिउ बिजन वितरण कार्यक्रम आइतबार र सोमबार कार्यालय समयमा वडा कार्यालय परिसरबाट सञ्चालन हुनेछ। 

सहुलियतको बिउ बिजन तथा मल लिन आउने किसानले वडा नं १५ मा भएको जग्गाको लालपुर्जा र नागरिकताको सक्कल वा फोटोकपी पेस गर्नुपर्ने छ। यस्तै, कृषि व्यवसायको हकमा व्यवसाय दर्ताको प्रमाणपत्र तथा अव्यवस्थित बसोबासीको हकमा निस्सा र नागरिकताको सक्कल वा फोटोकपी पेस गर्नुपर्नेछ। 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।