२०८२ मंसिर २२ सोमबार
२०८२ मंसिर २२ सोमबार

कलश सहकारीको १४ औं साधारणसभा सम्पन्न

पोखरा, २३ कात्तिक ।

पोखरा महानगरपालिका–८ न्युरोडमा अवस्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । दिब्यश्री बैंक्युट नागढुंगामा भएको सभाको अध्यक्षता  संस्थाका अध्यक्ष सुदिप अधिकारीको ले गर्नुभएको थियो । कार्यक्रमको  प्रमुख अतिथि संस्थाका ज्येष्ठ सदस्य डम्बर बहादुर क्षेत्री ले व्यानरमा हस्ताक्षर  गरी उद्घाटन गर्नुभयो ।

सभामा सहकारीका अध्यक्ष सुदिप अधिकारीले सदस्यहरुको वचत  र लगानि संरक्षणलाई प्राथमिकतामा राखेर कार्य संचालन गरिएको बताउनुभयो । उहाँले बजारका केही सहकारीमा देखिएको समस्याले राम्रोसंग सञ्चालन भएका सहकारीहरुमा समेत असर गरेको बताउदै संस्था राम्रो बनाउन सदस्य हरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । अध्यक्ष अधिकारीले सदस्यहरुको निरन्तर अनुगमन र  चासोले नै संस्थालाई सहि गन्तब्यमा लैजान सहयोग पुग्ने बताउनुभयो ।  आफु  शेयर सदस्यको हितलाई मध्यनजर गरि  प्रतिवद्ध भएर लागेको बताउदै अधिकारीले संस्थाको विकासका लागि सदस्यहरुको अझ बढी सक्रिय  सहभागिताको अपेक्षा गरेको बताउनुभयो ।

सभाका अवसरमा संस्थामा उत्कृष्ट आर्थिक कारोबार गर्ने शेयर सदस्यहरु अनमोल रत्न ताम्राकार, सुर्य गिरी, कमला हमाल सम्मानित हुनुभयो । कार्यक्रममा कोषाध्यक्ष एकराज गिरीले आर्थिक वर्ष २०८१÷८२ को आर्थिक प्रतिबेदन, लेखा सुपरिवेक्षण समिती संयोजक विजेन्द्र शर्मा पौडेलले आर्थिक वर्ष २०८१÷८२ को लेखा सुपरिवेक्षणको प्रतिवेदन, अध्यक्ष सुदिप अधिकारी  र सचिव रूपकराज मिश्र ले आ आफ्नो  २०८१÷८२ को वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

 
सभामा संस्थाका २ जना कार्यसमिति सदस्यले स्वास्थ्यको कारण देखाई दिएको राजिनामा स्विकृत गरिएको थियो । नया सदस्य निर्वाचनका लागि  संस्थाका सदस्य  डा. विष्णु प्रसाद चापागाइको संयोजकत्वमा नवराज सुवेदी, हर्षबहादुर अधिकारी मिराज सदस्य रहेको निर्वाचन कमिटी गठन गरिएको थियो । रिक्त कार्यसमिती सदस्य पदमा शेयर सदस्य प्रभाकुमारी राजभाट र शेयरसदस्य दुर्गादत्त पौडेललाई निर्वाचित गरियोे ।

संस्थाका सचिव रुपक मिश्रले  कार्यक्रम संचालन गर्नुभएको थियो  ।  सभामा पोखरा महानगरपालिका वडा नम्बर २४ का वडा सदस्य एवम संस्थाका शेयर सदस्य कृष्ण प्रसाद सुवेदी र शेयर सदस्य कविता भुषालले शुभकामना मन्तब्य राख्नुभएको थियो । सहकारीका सात सिद्धान्त संस्कृति अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।