२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

एनपिएलमा आज जनकपुर र लुम्बिनी भिड्दै

  काठमाडौं ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल )मा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार अपराह्न ४ बजे साविक विजेता जनकपुरले लुम्बिनीसँग खेल्नेछ।प्रतियोगितामा लुम्बिनीले लिग चरणको अन्तिम खेल खेल्दै छ । लुम्बिनी अघिल्लो ६ मध्ये ३ खेल जितेर प्लेअफ नजिक छ। अंक तालिकामा ६ अंक जोडेको लुम्बिनीलाई आजको खेल जित्नै पर्ने दबाब छ। खेल जिते उसले प्लेअफमा स्थान सुरक्षित गर्नेछ। लुम्बिनीले खेल जिते प्रतियोगिताको प्लेअफ समीकरण पनि पूरा हुनेछ। पहिलो संस्करणको विजेता जनकपुर भने यसपालिक खराब लयबाट गुज्रिरहेको छ । २ अंक सहित तालिकाको पुछारमा रहेको उसले अघिल्लो ५ मध्ये एउटा मात्रै खेल जितेको छ। जनकपुरले शुक्रबार आफ्नो छैटौं खेल खेल्दैछ। जनकपुरले आजको खेल जितेको अवस्थामा प्लेअफ समीकरणमा अन्य खेलहरूमा निर्भर रहनेछ।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्।

प्रतियोगितामा अपराजित रहँदै १२ अंकका साथ सुदूरपश्चिम शीर्ष स्थानमा छ। उसले अझै एक खेल खेल्न बाँकी छ। सबै खेल खेलिसकेको काठमान्डु १० अंकका साथ दोस्रो स्थानमा छ । एक खेल बाँकी रहेको विराटनगर ८ अंक बनाएर तेस्रो स्थानमा छ। लुम्बिनी चौथो स्थानमा छ।त्यस्तै ६ खेल खेलेको पोखरा एभेन्जर्स र चितवन राइनोज् ४र४ अंक सहित क्रमशः पाँचौं र छैटौं स्थानमा छ । ६ खेल नै खेलेको कर्णाली याक्स २ खेल खेलेर सातौं स्थानमा छ। उसको प्लेअफ सम्भावना समाप्त भइसकेको छ । आज खेल हुने लुम्बिनीका कप्तान नेपाली राष्ट्रिय टिममा पनि कप्तान रहेका रोहित पौडेल छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।