२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता सुरु

पोखरा, ०८ फागुन ।

प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता शुक्रबारदेखि पोखरामा सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहल, पोखरा रंगशालामा आयोजित उद्घाटन कार्यक्रममा परिषदका सदस्य रविन्सन प्रजुले प्रतियोगिताको औपचारिक शुभारम्भ गरे। कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशमा खेलकुद विकासका लागि परिषद प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दशौं राष्ट्रिय खेलकुदको पूर्वतयारीका लागि यस्ता प्रतियोगिताहरूको भूमिका महत्वपूर्ण रहने बताए।

प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव राजेन्द्र पहाडी, उपाध्यक्ष शान्ती थापा बैद्य, जिल्ला खेलकुद विकास समिति कास्कीका उपाध्यक्ष तिलक बहादुर अधिकारी, प्रदेश खेलकुदका पूर्व सदस्य विष्णुमाया गुरुङ, जिल्ला ह्याण्डबल संघ कास्कीका अध्यक्ष चित्रबहादुर थापा, बागलुङका अध्यक्ष उमेशराज भण्डारी तथा प्रशिक्षक भीमसेन शाक्यलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ बागलुङ, तनहुँ र कास्की विजयी भए भने महिलातर्फ बागलुङ र कास्कीले जित हात पारे। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पाँच जिल्लाका महिला तथा पुरुष गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा बागलुङ, तनहुँ, कास्की, पर्वत र नवलपुरको सहभागिता रहेको छ ।

प्रतियोगिताबाट आसन्न दशौं राष्ट्रिय खेलकुदका लागि प्रारम्भिक चरणमा खेलाडी छनोट गरिने अध्यक्ष पाठकले जानकारी दिए। प्रतियोगिताअन्तर्गत शनिबार सेमिफाइनल, फाइनल तथा तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।