२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

‘कास्की २ मा रश्मि (सूर्य)को विजयसँगै झन तेजिलो बनाउछौ’–एमाले कास्की इन्चार्ज कृष्ण थापा

पोखरा, १३ फागुन ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले आउँदो प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं. २ का एमाले उम्मेदवार रश्मि (सूर्य) आचार्यको विजयले झन तेजिलो बनाउने बताएका छ्न् । एमालेको गढ उचो र झन बलियो बनाउनेमा स्वयं जनता र कार्यकर्ता लागिसकेको भन्दै थापाले जनसाथका अगाडि संसारको जुनसुकै शक्ति आए पनि एमालेलाई परास्त गर्न नसक्ने दाबी गरे ।

थापाले बुधबार पोखरामहानगरपालिका वडा नं. ९ मा  उम्मेदवार रश्मि आचार्यको मतदाता भेटघाट कार्यक्रमको अवसरमा सो कुरा बताएका हुन् । तत्कालीन पोखरा नगरपालिकाको मेयर समेत रहेका थापाले अहिलेको पोखरा महानगरको विकासको जग र आधार ‘श्रम सीप जुटाऔ,पोखरालाई उठाऔं’ भन्ने अभियान सहित आफ्नो नेतृत्वमा एमालेले शुरूवात गरेको उल्लेख गर्दै क्रमशः विकसित हुँदै गरेको पोखरा अब सभ्य र व्यवस्थित हुने बताए ।

व्यवस्थित पोखरा,सुन्दर पोखराको थप सबलिकरण र विकासका लागि केन्द्रीय तहमा नीति निर्माण सहित विकासको नेतृत्व युवा रश्मिले गर्ने गरि विजयको लागि तयारी गर्न थापाले आव्हान समेत  गरे । केन्द्रीय सदस्य प्रभा कोइरालाले अग्रगामी विचार र योजना दृष्टिकोण सहितको जुझारु युवा उम्मेदवार कास्की २ का मतदाताको रोजाईमा परिसकेको दाबी गर्दै विजयी हुनेमा कुनै आशंका नरहेको उल्लेख गरिन् ।

सो अवसरमा उम्मेदवार आचार्यले मुलुकमा बढ्दो भ्रष्टाचार र कमजोर कार्यान्वयनका कारण विकास अभियान सुस्त भएको बताए । ऐन–कानुनको जटिल प्रक्रिया र प्रशासनिक ढिलासुस्तीले नागरिकले सहज रूपमा सेवा पाउन नसकेको उल्लेख गर्दै उनले सेवा प्रवाहलाई छरितो, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले नवपुस्ताले उठाउँदै आएका पारदर्शिता, रोजगारी, उत्तरदायित्व र प्रभावकारी शासनका मुद्दालाई संसदमा सशक्त रूपमा उठाइने बताए । आवश्यक परे पुराना ऐन–कानुन परिमार्जन गरी समयानुकूल नयाँ कानुन निर्माणमार्फत विकास प्रक्रियालाई गति दिइने उनले स्पष्ट पारे ।

आचार्यले ’सुशासन नै समृद्धिको आधार’ भएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण, कानुनी सुधार र प्रभावकारी सेवा प्रवाहमार्फत कास्की–२ मा देखिने परिवर्तन ल्याउने दाबी गरेका छन् ।

उल्लेख्य नेता कार्यकर्ता र स्थानियको साथमा मतदाता भेटघाट तीव्र पारेका उम्मेदवार आचार्य विद्यार्थी राजनीतीबाट उदाएका वैचारिक बौद्धिक प्रभावशाली युवा मानिन्छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।