२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

जन्म गाउँमा बैनबहादुरलाई भव्य स्वागत, भारी मत पाउने विश्वास

पोखरा, १७ फागुन ।

कास्की–१ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले पोखरा महानगरपालिका–२८ का मतदातासँग भेटघाट गरेका छन् । उनी आइतबार आफ्नो जन्म वडा पुगेका हुन् । आफ्ना गाउँबासी मतदाताबाट उनले निकै भव्य स्वागत पाए । ठाउँ–ठाउँमा उनलाई माला, टीका लगाउन तछाडमछाडकै परिस्थिति बन्यो ।

उनले पोखरा–२८ कै मतदाताले जिताउँदा यसअघि जिल्ला समन्वय समिति कास्कीको प्रमुख हुने अवसर पाएको र फेरि आफ्ना गाउँबासीले भारी मत दिने विश्वास व्यक्त गरे । ‘यहीँ जन्मे–हुर्केको मान्छे हो । तपाईंहरुकै भान्सामा खाएको, सधैँ यहीँ भेटिने, यहीँ काम गरेको मान्छे हो,’ उनले भने, ‘यो हाम्रो गाउँका लागि अर्को अवसर हो । गाउँले मलाई निकै भारी मत दिन्छ भन्ने विश्वास छ ।’

आफू कुनै पदमा नहुँदा पनि गाउँको विद्यालय, सडक निर्माण, खानेपानी आयोजना निर्माणमा निरन्तर खटिएको उनले सुनाए । वडाभित्र केही ठाउँमा अझै खानेपानीको समस्या रहेको र समाधान गर्ने उनले प्रतिबद्धता जनाए । पोखराका पूर्वमेयर मानबहादुर जिसीकै पहलमा कालिकासम्म पुग्ने सडक कालोपत्रे भएको उनले स्मरण गरे । पोखरा–२८ मा एमालेकै पहलमा स्मरणयोग्य धेरै काम भएको भन्दै उनले भारी मत पाउने विश्वास व्यक्त गरे ।

एमालेले सोमबार पोखरा–१० मा घरदैलो गर्ने तयारी गरेको छ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।