२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

२१ नम्बर वडाकाे सफलता,जेठ मसान्त अगावै ३४.६७% राजस्व वृद्धि

पोखरा, जेठ ३० गते — पोखरा महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्ष सकिन एक महिना अगावै गत वर्ष भन्दा बढि राजश्व संकलन गरेको छ। वडाका अनुसार करदातामैत्री सेवा, कर सचेतना तथा प्रशासनिक सुधारका कारण गत वर्षको तुलनामा यस वर्ष राजस्व संकलन बढेको हो।

वडाले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा करिब ७४ लाख २७ हजार ७ सय अठत्तर रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षमा उक्त रकम बढेर एक करोड रुपैयाँ नाघेको छ।

वडाध्यक्ष दिपक प्रसाद सुवेदीका अनुसार वडा समितिको पहिलो वैठकले २०८२ साउन ५ गते गत आर्थिक वर्ष भन्दा बढि (एक करोड) राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा २०८३ जेठ २९ सम्म एक करोड ३ हजार तिन सय एकानब्बे रुपैयाँ राजश्व संकलन गरेको हो। जुन गत वर्ष भन्दा २५ लाख ७५ हजार ६ सय १३ रुपैयाँ बढि अर्थात् ३४.६७ प्रतिशत बढि हो।

अध्यक्ष सुवेदीले असार मसान्तसम्म अझ १० लाख उठ्न सक्ने बताउनुभयो।

यस्तै, वडा सचिव कृष्ण प्रसाद शर्माले अभिलेखीकरणको काम बिचैमा स्थगित हुँदा समेत लक्ष्य भन्दा बढि राजश्व संकलन गरिएको बताउनुभयो। उहाँले अभिलेखीकरणको काम स्थगित नभएको अवस्थामा थप ५० लाख बढि राजश्व संकलन गर्न सकिने दाबी गर्नुभयो।

कार्यालयबाट प्रदान गरिने सेवामा सुधार, करदातासँगको नियमित समन्वय तथा जनप्रतिनिधि तथा कर्मचारीको सक्रियताले करको दर वृद्धि नगरी राजस्व संकलनमा उल्लेख्य वृद्धि गरिएको शर्माको भनाइ छ।

राजस्व वृद्धिसँगै वडाले विकास निर्माण तथा पूर्वाधार क्षेत्रमा पनि खर्च बढाएको जनाएको छ। सडक, खानेपानी, सामुदायिक भवन लगायतका योजनामा बजेट परिचालन गरिएको र आगामी वर्षमा समेत करदातामैत्री नीति अवलम्बन गर्दै राजस्व वृद्धि गर्ने लक्ष्य राखिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।