२०८३ असार १८ बिहीबार
२०८३ असार १८ बिहीबार

मेक्सिकोको ऐतिहासिक जितको खुसीयाली मनाउने क्रममा दुईजनाको मृत्यु

काठमाडौं ।

जारी विश्वकपमा मेक्सिकन टोलीले ऐतिहासिक जित दर्ता गर्दै अर्को चरणमा प्रवेश गरेको खुसीयाली मनाउने क्रममा मेक्सिको सिटीमा दुःखद घटना भएको छ । खुसियाली मनाउने क्रममा भिडमा च्यापिएर कम्तीमा दुई जनाको मृत्यु भएको स्थानीय सरकारले पुष्टि गरेको द गार्जियनले उल्लेख गरेको छ ।

मेक्सिको सिटीको स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा एक १९ वर्षीया युवती र एक ४४ वर्षीय पुरुष रहेका छन् । उनीहरूको अत्यधिक भीडमा च्यापिएर वा निसास्सिएर मृत्यु भएको हो । स्थानीय सञ्चारमाध्यमहरूले तेस्रो व्यक्तिको पनि मृत्यु भएको समाचार प्रसारण गरे पनि सरकारी अधिकारीहरूले भने त्यसको आधिकारिक पुष्टि गरिसकेका छैनन् ।

आज बिहान मेक्सिकोले इक्वेडरलाई पराजित गर्दै सन् १९८६ पछि विश्वकपको नकआउट चरणमा पहिलोपटक जित दर्ता गरेपछि समर्थकमा खुसीयाली छाएको थियो । सह(आयोजक मेक्सिको अन्तिम १६ मा पुगेको ऐतिहासिक उपलब्धिको उत्सव मनाउन समर्थकहरू सडकमा उर्लिएका थिए ।

नगर सरकारको अनुमान अनुसार मेक्सिको सिटीका सडकहरूमा १० लाखभन्दा बढी मानिसहरू विजय उत्सव मनाउन भेला भएका थिए। 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।