२०८३ बैशाख १८ शुक्रबार
२०८३ बैशाख १८ शुक्रबार

बालेनले हर्कलाई भने – ‘यू आर माइ ट्रु लभ’

पोखरा, ३१ भदौ ।

जेन जी आन्दोलन पछि प्रधानमन्त्री बन्ने चाहना व्यक्त गर्दै काठमाडौं आएका धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री बन्न नाएपछि निरास हुँदै धरान फक्रिए । उनी धरान फक्रिए तर काठमाडौंका मेयर बालेन साहलाई लगातार तारो बनाइरहेका छन् ।

जेन जी आन्दोलनपछि बाहिर नदेखिएको भन्दै धरानमा मेयर हर्कले निरन्तर फेसबुकमार्फत बालेनलक्षित स्टाटस पोस्ट गरिरहेका थिए । 

त्यसैको जवाफमा बालेनले आफूलाई जति गाली गरे पनि मेयर हर्कलाई माया गर्न नछाड्ने उल्लेख गरेका छ्न ।

‘डियर हर्क साम्पाङ’ सम्वोधन गर्दै बालेनले लेखेका छन्, ‘तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’

‘म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ’ भन्दै बालेनले अगाडि लेखेका छन्, ‘यू आर माइ ट्रु लभ’ ।

बालेनको स्टेटस जस्ताको तस्तै : डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।
You are my true love. ❤️

काठमाडौंबाट धरान फिरेपछि आज भएको पत्रकार भेटघाटमा पनि उनको अभिव्यक्ति बालेन लक्षित थियो । उनले अपुष्ट आरोप लगाउँदै बोलेका थिए, ‘यो सरकार गठनमा एकजना गेमर छ । त्यही गेमरले जेनजी आन्दोलनमा भएको सम्पूर्ण क्षति र हत्याको जिम्मा लिनुपर्छ ।’

हर्कले स्टेटसमा लेखेका छन् – ‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ ! लिडर भनिदैन !’

हिजो मात्रै हर्कले एउटा स्टाटस लेखे, ‘चानचुने नठान्, सक्छस् भने प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गरा । हारेँ भने तेरो घरमा एक वर्ष नोकर बस्छु । तँ हारिस् भने मेरो घरमा सिर्फ एक महिना हली बस् । सक्छस् ?’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।