२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

पोखरामा क्लबस्तरीय पुरुष महिला भलिबल प्रतियोगिता हुने

पोखरा, ०८ मङ्सिर । 
 
पोखरा भलिबल प्रशिक्षण केन्द्र, नदीपुरको आयोजनामा तथा ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेस, न्यूरोड, पोखराको सह–आयोजनामा पोखरामा क्लबस्तरीय पुरुष महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
 
प्रतियोगिताबारे जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष कुलबहादुर छन्त्यालले केन्द्रको नवौं वार्षिकोत्सव तथा क्लब स्तरीय पुरुष–महिला भलिबल प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम गर्न लागिएको जानकारी दिनुुभयो ।
 
छन्त्याल ब्रदर्श पोखराको विशेष सहयोग र गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिता खेलकुदको माध्यमबाट युवाहरूलाई परस्पर सकरात्मक अनुभव र मेलमिलापको भावना आदान–प्रदान गराउने उद्देश्यका साथ आयोजना गरिएको उहाँले जानकारी दिनुुभयो ।
 
प्रतियोगिता मार्फत राष्ट्रिय खेल भलिबलको विकासमा टेवा पु¥याउने, लुकेर रहेका प्रतिभाहरूलाई दक्ष बनाई व्यवसायिक खेलाडी उत्पादन गर्ने तथा भलिबल खेललाई चलायमान बनाउने लगायतका उद्देश्य समेत रहेको उहाँले जानकारी दिनुुभयो ।
 
कार्यक्रमका संरक्षक पदम श्रेष्ठका अनुसार प्रतियोगिता मार्फत खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै, विगतका वर्षहरूमा कार्यक्रमबाट संकलित केही रकम असहाय, गरिब, तथा दुःखी पीडित नागरिकहरूको उपचारको लागि सहयोग जस्ता समाजिक उत्तर दाइितका कामहरू समेत गरिदै आइएको छ ।
 
प्रतियोगिता अन्तर्गत क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रथम र द्वितीय हुनेलाई क्रमशः एक लाख ५० हजार रुपैयाँ, एक लाख रुपैयाँ नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिनुुभयो ।
 
उहाँका अनुुसार प्रतियोगितामा सान्त्वना पुरस्कार स्वरुप सेमिफाइनलका उपविजेता २ टिमलाई २५ हजार रुपैयाँ नगद प्रदान गरिने छ । उक्त प्रतियोगिताको सहभागी दर्ता शुल्क छ हजार पाँच सय तय गरिएको छ ।
 
महिला भलिवल प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः ६० हजार र ४० हजार रुपैया नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।  यस प्रतियोगिताका सहभागी शुल्क पुरुष तर्फ ६ हजार ५ सय र महिलातर्फ ४ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
 
खेलकुदमा उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सभैर र प्रशिक्षकलाई उत्कृष्ट विधागत उपाधि पनि समावेश गरिएको छ । 
 
त्यसैगरी रेफ्री संयोजक अन्तराष्ट्रिय रेफ्री टहलसिंह थापा मगरले खेल प्रतियोगिता पुरुषतर्फ लिग सिस्टममा र महिलातर्फ नकआउट सिस्टममा खेलाइने जानकारी गराउनुभएको थियो । 
 
सामाजिक उत्तरदायित्व अन्तर्गत विगतका वर्षमा गरिएका कार्यक्रमबाट मृगौला प्रत्यारोपण तथा उपचारका लागि सुरज गुुरुङलाई १ लाख, ब्लड क्यान्सर उपचारका लागि मनकुुमारी पुनलाई ३० हजार र उपचारका लागि माया छन्त्याललाई २५ हजार रुपैयाँ प्रदान गरिएको कार्यक्रममा जानकारी गराइयो ।
 
पत्रकार सम्मेलनका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले प्रतियोगिताको सफलताको शुुभकामना व्यक्त गर्नुुभयो ।
 
केन्द्रका अध्यक्ष कुलबहादुर छन्त्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन अशोक थापाले गर्नुुभएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।