२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा, १८ मंसिर ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको संवद्र्धन र प्रकृति प्रेमको प्रतीकका रुपमा रहेका यी पर्वहरुका अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।

‘यी चाडहरुमा इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसर समेत प्रदान गर्ने भएकोले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।’ शुभकामना सन्देशमा भनिएको छ – ‘यस्ता चाडपर्वहरूबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्‍वास लिएको छु  ।’

किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूले मनाउने उधौली पर्व कृषि प्रणालीमा आधारित छ । प्रकृतिपूजक किराँत समुदायले अन्नबाली पाकेपछि इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई श्रद्धापूर्वक स्मरण गर्दै विशेष रुपमा यो पर्व मनाउने गर्दछन् ।

परम्परागत भेषभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् । उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । प्रकृतिसँग अभिन्‍न सम्बन्ध रहेको किराँत समुदायको यो पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको देखिन्छ ।

उधौली पर्वजस्तै नेवार समुदायको विशेष पर्व यःमरि पुन्ही पनि कृषि प्रणालीसँग सम्बन्धित छ । नयाँ भित्राइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाने, धनसम्पत्ति, वृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासमा यो पर्व मनाउने चलन छ ।

आज नै धान्य पूर्णिमा पनि हो । पुरानो कृषि युगमा यस दिनको ठूलो महत्व छ । असारमा रोपेको धान मङ्सिरमा भित्राएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकाले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो ।

 
 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।