२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

अन्नपूर्ण आमा समुहद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

पोखरा , २२ मंसिर ।

पोखरा महानगरपालिका वडा नं –६ बैदाम शान्तिपथ भतमारामा स्थित अन्नपूर्ण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरिएको छ । अन्नपूर्ण आमा समुह पोखरा वडा नं –६ बैदाम को सहयोगमा न्यानो कपडा प्रदान गरिएको हो । 

आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि नर्सरीदेखि कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयका ५४ जना विद्यार्थीहरूलाई एक विद्यार्थी एक स्विटरपेन्टी र जुत्तामोजा गरि करिब ५० हजार रुपैयाँ बराबरको सामाग्रीहरू उपहारस्वरूप प्रदान गरिएको समुहकी अध्यक्ष रेनु लामिछानेले जानकारी दिइन ।  
पोखरा महानगर पालिका वडा  बैदाममा  वि.श २०५२ सालमा स्थापना भएको अन्नपूर्ण आमा समुह विभिन्न सामाजिक कार्यहरूमा अग्रसर छ । संस्थाले प्रत्येक वर्ष विपन्न र गरिब विद्यार्थीहरूको लागि न्यानो कपडाअसहायहरूको लागि खाद्यान्न वितरणज्येष्ठ नागरिक सम्मानमन्दिर सरसफाइ लगायत सामाजिक कार्यक्रममा स्वयंसेवक रूपमा सहयोग गर्दै आएको छ । 

कार्यक्रमका प्रमुख अतिथि  एवं ज्येष्ठ नागरिक तथा सल्लाहकार होमनाथ पहारीले आमाहरूको पहलमा भएको अभियानले शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए । अध्यक्ष रेनु लामिछानेले संस्थाले गरिबविपन्नजेहेन्ददार तथा आर्थिक अवस्था न्यून भएका विद्यार्थीहरूको पहिचान गरि यस्तो पवित्र कार्यमा सहयोग गर्ने पाएकोमा खुशी व्यक्त गरिन ।  

विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा अन्नपूर्ण आधारभुत विद्यालयका प्रधानाध्यापक टिका देवी ढुङ्गानाले धन्यवाद व्यक्त गरिन । उनले आउँदा दिनहरूमा पनि सहयोग दाताहरूलाई सहयोगी हात बढाउन आग्रह गरिन ।

फेवा ढुङ्गा व्यवसायी सङ्गठनका पोखराका अध्यक्ष तथा सल्लाहकार बलराम गिरीले जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्विटर  जुत्तामोजाले निरन्तर विद्यालय आउन सहज हुने बताए । समुहकी अध्यक्ष रेनु लामिछाने को सभा अध्यक्षमा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष गोमा पगेनीसचिव गोमा भण्डारीनिवर्तमान अध्यक्ष शान्ति रेग्मीपूर्व अध्यक्ष तथा सल्लाहकार मिना ढकालसल्लाहकार लोकराज पहारीसल्लाहकार मित्रलाल पहारी द्वितीय उपाध्यक्ष चन्द्रकला पहारी र कोषाध्यक्ष ऋषिमाया पहारी लगायतका वक्ताहरूले समुहले स्थानीयस्तरमा गरेको योगदानको प्रशंसा गदर्, समाजमा अनुकरणीय कार्य गर्ने सुझाब दिएका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।