२०८२ चैत्र ६ शुक्रबार
२०८२ चैत्र ६ शुक्रबार

आउँदो शनिबार ‘पोखरा विन्टर फेष्ट’ हुँदै, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने

पोखरा, २३ मंसिर ।

पोखरामा आउँदो शनिबार ‘पोखरा विन्टर फेष्ट’ हुने भएको छ । प्रचार नेपाल, अर्बिटे«रि इभेन्ट र स्पेक्स–१४ को आयोजनामा पोखरा लेकसाइड खहरेमा रहेको क्लब क्याटवाकमा उक्त फेष्ट हुन लागेको हो ।

फेष्टमा चर्चित भारतीय कलाकार सञ्जु राठोरको प्रस्तुती रहने प्रचारका सञ्चालक आशिष पुरीले जानकारी दिए । राठोडका गुलाबी सारी, सुन्दारी, गल्ती से मिस्टेक, चाल सिके सिके जस्ता गीत चर्चित छन् ।

राठोड केही महिनाअघि पोखरा घुम्न आएका थिए । पोखरा मन परेका कारण शोको लागि पुनः आउन राठोड तयार भएको पुरीले बताए । राठोडले पोखरामा पहिलोपटक आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

फेष्टमा राठोडसँगै एसटी म्यान, राजन केसीसहित कलाकारको प्रस्तुती रहनेछ । र्याप भर्स र लाइभ परफर्मेन्सका लागि चर्चित एसटि म्यानका बोमबे, सिनेमा, झोला ग्याङ जस्ता गीतहरु चर्चित छन् । युवामाझ लोकप्रिय उदीयमान कलाकार राजन केसीले फेष्टको सुरुआतमा प्रस्तुती दिनेछन् ।

फेष्ट साँझ ८ बजेबाट सुरु हुनेछ । फेष्टका लागि खल्तीमार्फत टिकट काट्न सकिनेछ । चर्चित कलाकार आउने उक्त फेष्टका लागि तयार रहेको क्लब क्याटवाकले जनाएको छ ।

संगीत, ¥याप, युवा ऊर्जा र विन्टर फेस्टिभलको भावना एकै ठाउँमा अनुभव गर्न चाहने जो–कोहीका लागि यो फेष्ट लाभदायी हुने प्रचारका सञ्चालक पुरीले जानकारी दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।