२०८३ बैशाख १२ शनिबार
२०८३ बैशाख १२ शनिबार

टेवान स्थापना दिवसमा महिला हिंसा सचेतना कार्यक्रम

पोखरा, २५ मंसिर ।

पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आफ्नो आठौं स्थापना दिवसका अवसरमा महिला हिंसा सचेतना कार्यक्रमको आयोजना गरेको छ । टेवानले बुधबार पामेमा वनभोज तथा सचेतना कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले पर्यटन क्षेत्रमा महिला सहभागिता सुनिश्चित गर्दैै सुरक्षित वातावरण तयार गर्नुपर्नेमा जोड दिए । अधिवक्ता तारा शर्माले महिला हिंसा न्यूनीकरण गर्न महिलाको पनि उत्तिकै भूमिका हुने बताइन् । ‘पुरुषलाई मात्रै गाली गरेर महिला हिंसा अन्त्य हुँदैन,’ उनले भनिन्, ‘प्राप्त अधिकारको दुरुपयोग होइन, सदुपयोग गर्दै सबै पक्ष मिलेर महिला हिंसा अन्त्य गर्नुपर्छ ।’

टेवानकी संस्थापक अध्यक्ष लक्की कार्की क्षत्रीले संस्थाको गतिविधिले पर्यटनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धि गर्न योगदान पु¥याएको बताइन् । ‘महिलामाथि हुने विभेद सहने होइन, उजागर गर्ने हो,’ उनले भनिन्, ‘महिला हिंसा अन्त्य गर्न पुरुषले पनि साथ दिनुपर्छ ।’ टेवान अध्यक्ष शोभा पाण्डेले महिला हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिनको  अवसर पारेर सचेतना कार्यक्रम आयोजना गरेको बताइन् । टेवान महासचिव शोभा अधिकारी पौडेलले सञ्चालन गरेको कार्यक्रममा संयोजक जयादेवी तिवारीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।  

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।