पोखरा, ११ पुस ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल ९रेबान० पोखराले आयोजना गर्ने २७ औं संस्करणको ‘पोखरा सडक महोत्सव’ को सबै तयारी पूरा भएको छ । पुस १३ देखि १७ गतेसम्म चल्ने महोत्सवको तयारी पूरा भएको शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जनाकारी दिएको हो ।
पोखराको पर्यटन प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादित सामग्रीको बजार विस्तार, लेकसाइडको ब्राण्डिङ तथा आर्थिक गतिविधि बढाउने उद्देश्यले महोत्सव निरन्तर आयोजना गर्दै आएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनु भयो । उहाँका अनुसार कला, संस्कृति र खानाका माध्यमबाट पोखराको पहिचान मजबुत बनाउन महोत्सव प्रभावकारी माध्यमका रूपमा स्थापित भइसकेको छ । महोत्सवमा विभिन्न जातजातिका लोपोन्मुख भेषभूषा तथा सांस्कृतिक झाँकी प्रदर्शन, मौलिक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, लाइभ कन्सर्ट, डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने प्रतियोगितालगायत विविध कार्यक्रम समावेश हुने महोत्सव संयोजक तथा रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव अवधिभर पर्यटनको विकास, अवसर र चुनौतिबारे अन्तर्क्रिया कार्यक्रम पनि सञ्चालन गरिनेछ ।
यसवर्षपनि युवा पुस्ताबीच लोकप्रीय रहेका चर्चित कलाकारहरुले सडक महोत्सवलाई सोभायमान बनाउनेछन । जसअन्र्तगत नेपथ्य एक्स रियुनियन स्पेशलमा गायक रविन श्रेष्ठ “आँगनैभरी”, “छेक्यो छेक्यो” र गौतम गुरुङ (जोमसोमै बजारमा”, “गण्डकीको तीरैमा”, लेकाली व्याण्डबाट भाइ गुरुङ (पहिलो नजर, कहाँबाट सुरु), नविन गुरुङ (यो मुटुमा, सपनीमा), देउराली व्याण्डका शान्तराज बज्राचार्य (ढूंगे साँघुको मेलैमा, लुकी चोरी), डिमार्च भास्करध्वज श्रेष्ठ (झ्याम झ्याम, तारा खस्यौली, कैलाशमा), केहर लिम्वु (झ्यालैमा, कता छौ मेरो फूल), स्वप्न स्वरुप(कसरी भनु तिमिलाई, जे छौ तिमि, उज्जन शाक्य (वेवी वेवी रे) कार्टन क्रु आश्मा विश्वकर्मा (वि गर्ल स्काई÷सरोज अधिकारी, टुकी र्यापर (कस्तो छ तिमिलाई, सम्झना), सन्तोष बस्याल (रेशम फिरिरी, ढाटयो मायाले) लगायत प्रस्तुति रहनेछन ।
त्यस्तै चर्चित लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने (झील झील सितारा, ढुंगे धारामा, देउरालीमा धजा), जीवन दाहाल (पोखरामा घाम, जाम त भने), चोलेन्द्र पौडेल पानी मुनी मुनी लगायत सांस्कृतिक प्रस्तुतीको आन्नद लिन सकिनेछ ।
महोत्सवमा सह आयोजकको रुपमा प्रोटोन इमास सेभेन, राईड पार्टनरको रुपमा टिभिएस रोहिन, रेष्ट्रुरेन्ट पार्टनर सिटि स्क्वायर, एजुकेशन पार्टनर जी एण्ड के ईन्टरनेशनल एजुकेशन कन्सलटेन्ट, साउण्ड पार्टनर एस.के साउण्ड, प्रचार प्रसार संयोजक परिचय, हस्पिटल पार्टनर चरक अस्पताल तथा ईभेन्ट पार्टनर अल टेक नेपाल रहेका छन ।
पर्यटकीय सहरको सौन्दर्यता, पोखरा र आसपासका कला संस्कृति, फरकफरक खानाका स्वाद तथा नयाँ, पुराना चर्चित कलाकारहरुको साँस्कृतिक कार्यक्रम सहित पौष १३ देखि १७ सम्म पोखरा सहर गुल्जार हुने हुँदा उक्त अवसरको फाईदा उठाउन आन्तरिक तथा बाह्य पर्यटकलाई आयोजकले आग्रह गरेको छ ।














